PahiloPost

May 15, 2026 | १ जेठ २०८३

डा. केसीले भने ‘वार्तामा बस्न नचाहेको भन्ने सरकारको प्रचार गलत, जुनसुकै बेला वार्ताका लागि टोली तयार छ’



पहिलोपोस्ट

डा. केसीले भने ‘वार्तामा बस्न नचाहेको भन्ने सरकारको प्रचार गलत, जुनसुकै बेला वार्ताका लागि टोली तयार छ’
फाइल फोटो

काठमाडौँः चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा अनशनरत डा. गोविन्द केसीले वार्तामा बस्न अस्वीकार गरेको भन्ने भनाइमा सत्यता नरहेको बताएका छन्। सरकारका तर्फबाट वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्ति गलत भएको उनले बताएका छन्। 

वार्ताका लागि तयार नभएको भन्ने भनाइको खण्डन गर्दै डा. केसीले विज्ञप्तिमार्फत भनेका छन् ‘यतिका दिनसम्म संवेददनहीन र गैर जिम्मेवारीपूर्ण रूपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरूले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ। हामी कुनै पनि बेला वार्ताका लागि तयार रहेको र सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने जानकारी पनि गराउन चाहन्छौँ।’

विज्ञप्तिमा दलीय स्वार्थ र पूर्वाग्रह छाडेर नेपालीको हित सुनिश्चित हुने गरी कामहरू गरेर वार्ता सफल बनाउने गृहकार्य गर्न पनि स्मरण गराइएको छ।

डा. केसी १५औँ पटकको अनशनमा छन्। उनको १२औँ दिनको अनशन जारी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell