PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रिभ्यू : ५२ वर्षपछि विश्वकपको फाइनल पुग्ने योजनामा इंग्ल्याण्ड



पहिलोपोस्ट

प्रिभ्यू : ५२ वर्षपछि विश्वकपको फाइनल पुग्ने योजनामा इंग्ल्याण्ड

फिफा विश्वकप २०१८ सुरु हुनुअघि इंग्लयाण्ड र क्रोएसियालाई कमैले उपाधि दाबेदारको रुपमा सोचेका थिए। सँधै राम्रो टिम भएर पनि ठूला प्रतियोगितामा चुक्दै आएको इंग्लयाण्ड यस पटक भने उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपको सेमिफाइनल पुगेको छ र यस्तो सफलाता हात पारेको पनि २८ वर्षयता पहिलो हो।

इंग्ल्याण्डले प्रिक्वाटरफाइनलमा कोलम्बियालाई पेनाल्टीसुआउटमा तथा स्वीडेनलाई क्वाटरफाइनलमा रेगुलर टाइममा हराएपछि अहिले इंग्लिस सच्चारमाध्यमहरु फुटबल कमिङ होम भन्न थालेका छन्। जसको अर्थ फुटबल घर पर्कँदैछ भन्ने हो। २४ वर्षीय ह्यारी केनको कप्तानीमा रहेको युवा थ्री लायन्स टोली यस पटक उत्कृष्ट फर्ममा छ।

उता सन् १९९८ मा पहिलो सहभागितामै सेमिफाइनलसम् पुग्दै सनसनी मच्चाएको क्रोएसियाले यस पटक उत्कृष्ट प्रदर्शन गरिरहेको छ। समूह चरणमा अर्जेन्टिना जस्तो उपाधि दाबेदार टोलीमाथि ३-० को जित हासिल गरेको क्रोएसियाले नकआउट चरणमा भने दुवै खेल पेनाल्टीसुटआउटमा जितेको हो। कप्तान लुका मोडरिक र इभान राकिटिक जस्ता विश्वकै उत्कृष्ट मिडफिल्ड जोडी रहेको यस टोलीको बलियो पक्ष भनेको नै मिडफिल्ड हो। मिडफिल्डले नै खेल जिताउने हो।

सन् १९६६ मा घरेलु भूमिमै च्याम्पियन बनेयता इंग्ल्याण्ड विश्वकपको फाइनल समेत पुग्न सकेको छैन। यसपाली ५२ वर्षपछि इंग्ल्याण्ड फाइनल पुग्ने दामा छ। त्यसका लागि क्रोएसियाको चुनौती पन्छाउनुपर्छ।

सेमिफाइनलसम्म पुग्दा क्रोएसिया अपराजित छ भने इंग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भएको थियो।

पहिलो खेलमा ट्युनिसियामाथि २-१ को कठिन जित हात पारेको इंग्ल्याण्डले दोस्रो खेलमा पानामालाई ६-१ ले पराजित गर्दा कप्तान केनले ह्याट्रिक गरेका थिए।

दोस्रो रोजाईँको टोली खेलाउदा समूह्यको अन्तिम खेलमा भने इंग्ल्याण्ड बेल्जियमसँग १-० ले पराजित भएको थियो। प्रिक्वाटरफाइनलमा कोलम्बियामाथि पेनाल्टीसुटआउटमा जित हात पारेको इंगल्याण्डले क्वाटरफाइनलमा स्विडेनलाई २-० ले हरायो।

यस्तै क्रोएसियाले समूह चरणमा नाइजेरियालाई २-०, अर्जेन्टिनालाई ३-० तथा आइसल्याण्डलाई २-१ ले पराजित गरेको थियो।

नकआउट चरणको दुवै खेल जित्न क्रोएसियाले पेनाल्टीसुटआउटको सहयता लिनुपर्‍यो।

क्रोएसियाका प्रशिक्षक ज्ला६को डालकिले सन् १९९८ मा सेमिफाइनल पुग्दाको स्मरण अझै ताजा रहकोले त्यसभन्दा अझ राम्रो प्रदर्शन गर्ने तयारीमा रहेको बताएका छन्। उनले इंग्ल्याण्ड, फ्रान्स जस्ता टोलीलाई आफूहरुले सम्मान गर्ने बताउँदै कुनै पनि टोली आफ्नो टोलीभन्दा उत्कृष्ट नरहेको बताएका छन्।

उनले यसअघि नै इंग्ल्याण्डका ह्यारी केनलाई रोक्न आफूहरु तयार रहेको बताउँदै कसैसँग नडराउने प्रतिक्रिया दिएका थिए।

इंग्ल्याण्ड र क्रोएसिया विश्वकपमा भिड्न लागेको यो पहिलो पटक हो। यसअघि ठूला प्रतियोगिताको रुपमा २००४ को युरोकपमा भिड्दा इंग्ल्याण्डले क्रोएसियालाई ४-२ ले पराजित गरेको थियो।

यी दुईबीच अहिलेसम्म भएको ७ खेलमा इंग्ल्याण्डले ४ खेल जितेको छ भने क्रोएसियाले २ खेल जितेको छ।

इंग्ल्याण्ड र क्रोएसिया दुवै दुई दशकपछि विश्वकपको सेमिफाइनलमा पुगेका हुन्। सन् १९९० मा पछिल्लो पटक सेमिफाइनल खेलेको इंग्ल्याण्ड सन् १९६६ को च्याम्पियन हो। इंग्ल्याण्डको लागि यो तेस्रो सेमिफाइनल हो।

उता १९९८ को डेब्युमै सेमिफाइनल पुगेको क्रोएसिया दोस्रो पटक विश्वकप सेमिफाइनल खेल्दैछ र पहिलो पटक फाइनल पुग्ने लक्ष्यका साथ इंग्ल्याण्ड विरुद्ध मैदान उत्रदैँछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell