PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

'साली कस्को भेनाको’को ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

'साली कस्को भेनाको’को ट्रेलर सार्वजनिक

काठमाडौं :  फिल्म 'साली कस्को भेनाको’को ट्रेलर सार्वजनिक भएको छ। भद्र भुजेलको निर्देशनमा बनेको फिल्मको ट्रेलर युट्यूब मारफत सार्वजनिक गरिएको हो।

फिल्म आगामी भदौ २९ मा प्रदर्शन हुनेछ। फिल्ममा विल्सन विक्रम राई, बुद्धी तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, बीरेन श्रेष्ठ, पुष्प आचार्य लगायतको अभिनय रहेको छ।

प्रसाद श्रेष्ठको प्रस्तुति रहेको फिल्ममा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत, दीर्घ गुरुङको छायाँकन, बनिष शाहको सम्पादन रहेको छ। फिल्म मुभीङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell