PahiloPost

May 15, 2026 | १ जेठ २०८३

पोस्टरमा हेर्नुस् धमलाकी पत्नी एलिजालाई



पहिलोपोस्ट

पोस्टरमा हेर्नुस् धमलाकी पत्नी एलिजालाई

काठमाडौं :  फिल्म 'अनुराग'को प्रचार सामाग्री पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको मिति नजिकिंदै जाँदा फिल्मको पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा फिल्मका मुख्य कलाकार एलिजा गौतम र समुन्द्र पण्डित फिचर्ड छन्।

एलिजा अभिनेत्रीसँगै संचारकर्मी ऋषि धमलाकी पत्नी पनि हुन्। आगामी असोज १२ मा प्रदर्शनमा आउने फिल्ममा एलिजा र समुन्द्रसँगै ठिलेंन लामा, सरोज खनाल, रुपा राणा राजाराम पौडेल लगायतको अभिनय रहेको छ।

एरिका फिल्म्सको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता ऋषिराज धमला रहेका छन्। फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन्। भरत गौतम र गीता भेटवाल फिल्मका निर्माता हुन्।

फिल्ममा राम कुमार केसीको छायाँकन, किरण दहालको कथा, सरोज पोख्रेल र तारा प्रकाश लिम्बूको संगीत र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell