PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

विश्वकप २०१८ को उपाधिका लागि एक पटकको च्याम्पियन फ्रान्स र पहिलो पटक फाइनल पुगेको क्रोएसिया भिड्ने



पहिलोपोस्ट

विश्वकप २०१८ को उपाधिका लागि एक पटकको च्याम्पियन फ्रान्स र पहिलो पटक फाइनल पुगेको क्रोएसिया भिड्ने

रसियामा भइरहेको २१औँ संस्करणको फिफा विश्वकपको उपाधिका लागि सन् १९९८ को च्याम्पियन फ्रान्स र क्रोएसिया भिड्ने भएका छन्।

दोस्रो सेमिफाइनलमा सन् १९६६ को च्याम्पियन इंग्ल्याण्डाई २-१ ले पराजित गर्दै क्रोएसियाले पहिलो पटक फाइनलमा स्थान बनाएको हो।

फिफा वरियतामा २०औँ स्थानमा रहेको क्रोएसिया  विश्वकपको फाइनल पुग्नेमध्ये सबैभन्दा लोएस्ट र्‍याङ्किङ भएको टिम समेत बनेको छ। यसअघि सन् १९९८ मा फ्रान्स च्याम्पियन हुँदा १८औँ वरियतामा थियो।

लुजनिकी स्टेडियममा भएको खेलमा पाँचौ मिनेटमै एक गोलले पछि परेको क्रोएसियाले पुनरागमन गर्दै अतिरिक्त समयमा जित हात पारेको हो। क्रोएसियाको जितमा इभान पेरिसिच र मारियो मान्डुकिचले गोल गरे। इंगल्याण्डका लागि किरन ट्रिपीएरले गोल गरेका थिए।

सन् १९९८ को पहिलो सहभागितामा सेमिफाइनल पुगेको क्रोएसिया त्यतिबेला घरेलु टोली फ्रान्ससँगै पराजित भएको थियो।

फ्रान्सले पहिलो सेमिफाइनलमा बेल्जियमलाई १-० ले पराजित गर्दै १२ वर्षपछि विश्वकपको फाइनलमा स्थान बनाएको हो। १९९८ मा उपाधि जितेको फ्रान्स २००६ मा उपविजेता बनेको थियो। फाइनल खेल आइतवार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell