PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

जलमग्न भक्तपुरः बाढीले घरमै थुनिएकाहरुको उद्दारमा डुंगासहितको सेनाको टोली परिचालित



पहिलोपोस्ट

जलमग्न भक्तपुरः बाढीले घरमै थुनिएकाहरुको उद्दारमा डुंगासहितको सेनाको टोली परिचालित

काठमाडौँः हनुमन्ते खोलाको बाढीका कारण डुबानमा परेका बस्तीका नागरिकको उद्दारका लागि सेनाको टोली परिचालित भएको छ। बाढीका कारण भक्तपुरको जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ।

डुंगासहितको सेनाको टोली उद्दारका लागि परिचालित भएको छ। 

तस्विरः शंकर योन्जन तामाङ

यस्तै, मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पनि डुबानमा परेका छन्। 

बस्ती डुबानमा पर्दा घरमा फसेका नागरिकको उद्दारका लागि सेनाको टोली खटिएको हो। बाढीका कारण घरहरुको पहिलो तला डुबेको छ। डुबानमा परेपछि घरमा रहेकाहरु घरबाट बाहिर निस्कन सकेका छैनन्। 

भक्तपुरका राधेराधेसँगै भाटभोटेनी सुपर मार्केट रहेको क्षेत्र पनि डुबानमा परेको छ। थिमि चोकदेखि भित्रका बस्तहरु पनि डुबानमा परेका छन्। 
यस्तै, मनोहरा खोलको बाढीका कारण जडीबुटीस्थित सुकुम्बासी बस्ती पनि डुबानमा परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell