PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

पाल्पामा बस दुर्घटना, १६ जना घाइते



पहिलोपोस्ट

पाल्पामा बस दुर्घटना, १६ जना घाइते

रामपुरः तानसेन नगरपालिका–७ भालेबासमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

बिपरीत दिशाबाट आउँदै गरेको गाडीलाई बाटा दिने क्रममा बुटलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस आज बिहान ६ः१५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते १६ जनाको उद्धार गरिएको छ। घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। बस सडकबाट करिब २० मिटर तल खसेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell