PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

बाढीमा फसेका दुईको उद्धार : उपत्यकामै तीनको मृत्यु



पहिलोपोस्ट

बाढीमा फसेका दुईको उद्धार : उपत्यकामै तीनको मृत्यु

काठमाडौं: बाढीका कारण खोलामा भसेका दुई जनाको उद्धार गरेर काठमाडौं ल्याइएको छ। काभ्रे नमोबुद्ध नगरपालिका ६ स्थित रोशी खोलामा फसेका दुई युवकलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले बताए।

 

भक्तपुरमा घरले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। यसबाहेक अहिलेसम्म देशभर बाढीका कारणले कुनै पनि मानविय क्षति नभएको एसएसपी थापाले बताए।

 

बाढीका कारण प्रभावित जिल्लाहरुमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना लगायतको सहयोगमा उद्धार कार्य  जारी छ। केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थान डुबानमा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell