PahiloPost

May 15, 2026 | १ जेठ २०८३

'वोल्ड फिल्म फेस्टिभल'मा नेपाली फिल्म सहभागी



पहिलोपोस्ट

 'वोल्ड फिल्म फेस्टिभल'मा नेपाली फिल्म सहभागी

काठमाडौं : अमेरीकाको लस एन्जलसमा हुने 'वोल्ड फिल्म फेस्टिभल'मा नेपाली फिल्म पनि सहभागी हुने भएको छ। अक्टोबर २५ देखि २७ सम्म आयोजना हुने फेस्टिभलमा नेपाली फिल्ममेकरहरु पनि सहभागीता हुने भएका हुन्।

फेस्टिभलमा फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्रीहरु प्रस्तुत गरिनेछ। ‍जुनसुकै देशका राम्रा फिल्म फेस्टिभलमा सहभागि हुन सक्ने आयोजक फासि कुरामले जानकारी दिए। फेस्टिभलका अमेरीका स्थित नेपाली फिल्म संयोजक निर्माता सुनिल रावलले नेपाली फिल्मलाई पनि फेस्टिभलमा प्राथमिकता दिइने बताए। नेपाली सँस्कृति झल्किने फिचर फिल्म, सर्ट फिल्म तथा डकुमेन्ट्रीलाई प्राथमिकता दिइने जनाए। फेस्टिभलमा सहभागी हुने नेपाली फिल्मको छनौट कान्तिपुर फिल्म एकेडेमिका निर्देशक दयाराम घिमिरेले गर्ने भएका छन्।

नेपालको कला तथा सँस्कृति झल्काउने कल्चरल प्रस्तुतीको संयोजक निर्माता एवंम वितरक गोबिन्द शाहि हुन्। छनौट भएका फिल्म, सर्ट फिल्म तथा डकुमेन्ट्रिलाई अक्टोबर २५ मा अमेरीकाको लसएन्जलमा प्रर्दशन गरिनेछ।

विश्वका फिल्म मेकरको बाक्लो उपस्थिती रहने फेस्टिभलमा नेपालको फिल्म प्रस्तुत गर्दा नेपाली फिल्मको प्रचार बढ्ने बताए। उनले विश्वका फिल्म मेकरले पनि नेपाली फिल्मबारे जानकारी पाउने बताए। नेपाली फिल्म स्क्रिनिङ भएपछि बजार पनि बढ्ने बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell