PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

'सेक्सपियरको रोमियो भन्दा फरक छ भेद'  विनय श्रेष्ठ

'सेक्सपियरको रोमियो भन्दा फरक छ भेद' विनय श्रेष्ठ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  २०७२ को महामुकम्प अभिनेता विनय श्रेष्ठको फिल्म 'रेशम फिलिली'ले अनुमान गरेजस्तो व्यवसायिक सफल्ता गरेन। फिल्ममा समावेश 'पारी त्यो डाँडामा' बोलको गीतले सर्वाधिक चर्चा कमाएको थियो। तर भुकम्पका कारण फिल्म फिल्म हेर्न दर्शक हलमा पुगेनन्। 

निर्माता समेत रहेका विनय नयाँ फिल्म लिएर दर्शक माझ आएका छन्। फिल्म 'रोमियो एण्ड मुना' मार्फत उनी दर्शक माझ प्रस्तुत हुनेछन्। फिल्मको प्रमुख भुमिका नै उनले निर्वाह गरेका छन्। उनले फिल्ममा मिस् नेपाल २०१२ एवम् अभिनेत्री सृष्टी श्रेष्ठसँग स्क्रिन सेयर गरेका छन्। फिल्ममा उनले एनआरएन केटाको भुमिका निभाएको छन्। आफ्नो भुमिकाबारे भने 'घमण्डी एनआरएनको अभिनय छ। भेद हो पात्रको नाम। जसले मुनालाई भेटेपछि जीवन बुझ्छ।'

फिल्ममा आफुले निकै मिहिनेत गरेको उनी बताउँछन्। धेरै चिन्तित पनि छैनन्। कारण फिल्मको ट्रेलरबाट उनले राम्रो प्रतिक्रिया बटुलेका छन्। फिल्मको  वर्कशप ६ महिना भएको उनी सम्झिन्छन्।

फिल्ममा सेक्सपियरको रोमियो र भेद निकै फरक रहेकोछ। फिल्म 'रोमियो एण्ड मुना'लाई निर्देशक नरेशकुमार केसीले निर्देशन गरेका हुन्। फिल्म निर्माणसँगे निर्देशन गर्ने पनि उनको योजना छ। फिल्म भने आगामी साउन ४ देखी प्रदर्शनमा आउने भएको छ। विनय यो फिल्मपछि 'फेरी फिलिली' बनाउने तयारीमा जुट्नेछन्।



 



ट्रेन्डिङ पोस्ट

Ncell