PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

नाटक 'जुनकिरी'बाट सं‌कलित रकम श्वेताश्री फाउन्डेशनलाई



पहिलोपोस्ट

नाटक 'जुनकिरी'बाट सं‌कलित रकम श्वेताश्री फाउन्डेशनलाई

काठमाडौं: रङ्गकर्मी नानी थापाले सिन्धुपाल्चोकको माझी बस्ति निर्माणका लागि आर्थिक सहयोग गरेकी छिन्। उनले आफ्नो जन्मदिनको अवसर पारेर उनले श्रवेताश्री फाउन्डेसनलाई एक लाख नगद रुपैयाँ हस्तान्तरण गरेकी हुन्।

लोटस फोटोग्राफी स्कूलको प्रस्तुतिमा मञ्चित नाटक 'जूनकिरी'बाट संकलित रकम उनले सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन्। एकल नाटकलाई उनैले लेखन, निर्देशन र प्रस्तुत गरेकी थिइन्। 

सिन्धुपाल्चोक दोलालघाटको एकिकृत नमुना माझी बस्ति निर्माण सहयोगार्थ गुरु नाट्यकर्मी अशेष मल्ल र आमा लिला थापाको हातबाट नायिका तथा समाजसेवी श्वेता खड्कालाई बुझाइयो।

कार्यक्रममा नाटकको लेखकिय, निर्देशकिय, प्रस्तुति र यसको विषय वस्तु तथा सान्दर्भिकताको बारेमा बहस समेत सञ्चालन भएको थियो। वक्ताहरुमा नाट्यकर्मी अशेष मल्ल, प्रोफेसर डा.सावित्री मल्ल, समालोचक डा. बिन्दु शर्मा, आख्यानकार ढकाल राधेश्याम, भिडियो निर्देशक समन अधिकारी र सांस्कृतिक संस्थानका प्रवन्ध निर्देशक राजेश थापा लगायत रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell