PahiloPost

May 15, 2026 | १ जेठ २०८३

डा केसीको समर्थनमा चिकित्सकहरू देशभरका अस्पतालमा इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पार्ने



पहिलोपोस्ट

डा केसीको समर्थनमा चिकित्सकहरू देशभरका अस्पतालमा इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पार्ने

काठमाडौं : डाक्टर गोविन्द केसीको समर्थनमा नेशनल रेजिडेण्ड डक्टर्स एशोसिएसनले आन्दोलन सुरु गरेको छ। डाक्टर केसीको स्वास्थ्य अवस्था जटिद हुँदा समेत सरकारले माग पुरा गर्न पहल नगरेको भन्दै एशोशिएसनले बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रदर्शन गरेको हो।

त्यसै गरी भोलि देखि देशभरका स्वास्थ्य संस्थामा इमर्जेन्सी बाहेकका सेवा ठप्प हुने नेपाल चिकित्सक संघले जनाएको छ।

डा केसीको माग पुरा गर्न दबाब दिन संघले विगत केही दिनयता हातमा कालोपट्टि बाँधेर काम गर्न देशभरका चिकित्सकहरूलाई निर्देशन दिएको थियो। सोही निर्देशन मान्दै एशोशियनले भोलिदेखि इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प गर्ने निर्णय गरेको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell