PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

सिन्धुपाल्चोक जीप दुर्घटनाः मृतकको संख्या पाँच पुग्यो



पहिलोपोस्ट

सिन्धुपाल्चोक जीप दुर्घटनाः मृतकको संख्या पाँच पुग्यो

चौताराः सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नम्बरको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए। मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षीय भीमबहादुर तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५६ वर्षीय पोदोम तामाङ, ५३ वर्षीया नानी तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन्।

गम्भीर घाइते आठ जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ। सो जीप सडकबाट करीब ४०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell