रसियामा भइरहेको २१औँ संस्करणको फाइनल खेल ओपनिङ म्याच खेलाएका अर्जेन्टिनकै रेफ्री नेस्टर पिटानाले खेलाउने भएका छन्।
सेन्ट पिटर्सवर्ग स्थित लुजनिकी स्टेडियममा हुने फ्रान्स र क्रोएसियाबीचको फाइनल खेल पिटानाले खेलाउने फिफाले जनाएको छ।
लुजनिकीमै भएको आयोजक रसिया र साउदी अरेबियाबीचको ओपनिङ म्याच समेत उनैले खेलाएका थिए। शारीरिक शिक्षाका शिक्षक समेत रहेका ४३ वर्षीय पिटानाले ओपनिङ सहित रसियामा ४ खेल खेलाइसकेका छन्।
फाइनल खेलमा अर्जेन्टिनाकै हेर्नान मइडेना र हुवान पि बेलाट्टीले पिटानलाई असिस्टेन्ट रेफ्रीको रुपमा सघाउनेछन्। यस्तै नेदरल्याण्ड्सका बजान कुइपर्स फोर्थ अफिसियलको रुपमा हुनेछन् भने रेफ्री असेसरको भूमिकामा एरविन जिएनस्ट्रा रहनेछन्।
Referee designations FWC 2018 Match 64: #FRA🆚#CRO (15 July) FINAL
— FIFA Media (@fifamedia) July 12, 2018
Referee: Nestor PITANA (ARG)
ASR 1: Hernan MAIDANA (ARG)
ASR 2: Juan P. BELATTI (ARG)
4th Off. Bjorn KUIPERS (NED)
Res.Ass.Erwin ZEINSTRA (NED)@FIFAWorldCup pic.twitter.com/iqJmgyxZPk
रसिया विश्वकपको फाइनल खेलाउने पिटानाले यसअघि सन् २०१४ मा ब्राजिल विश्वकपमा पनि रेफ्रीको भूमिकामा काम गरेका थिए। उनी अर्जेन्टिनाबाट दुर्इ विश्वकपमा सहभागी हुने दोस्रो रेफ्री हुन्। यसअघि नोर्बरटो कोइरेज्जा अर्जेन्टिनाबाट दुर्इ विश्वकपमा सहभागी भएका थिए।
अर्जेन्टिनाका अनुभवी रेफ्री पिटानाले सन् २०१० मा पहिलो अन्तराष्ट्रिय खेल खेलाएका थिए। ब्राजिलमा २०१४ मा भएको विश्वकपमा उनले जर्मनी र फ्रान्सबीचको क्वाटरफाइनलसहित ४ खेलमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए।
नेस्टर पिटानाले पहिलो पटक अर्जेन्टिनयन लिगमा रेफ्रीको भूमिका निभाएका थिए।
उनले २०१६ मा ब्राजिलमा भएको ओलम्पिक फुटबल टुर्नामेन्टमा जर्मनी र नाइजेरियाबीचको सेमिफाइनल खेल पनि खेलाएका थिए। सन् २०१७ मा रसियामै भएको पिफा कन्फेडेरेसन कपमा जर्मनी र मेक्सिकोबीचको सेमिफाइल खेल पनि उनैले खेलाएका हुन्।
यसैगरी इंग्ल्याण्ड र बेल्जियमबीच हुने तेस्रो स्थानको खेलको रेफ्रीमा इरानको अलिरेजा फगानी चयन गरिएको छ।
Referee designations FWC 2018 Match 63: #BEL🆚#ENG (14 July) Play-off for third place
— FIFA Media (@fifamedia) July 12, 2018
Referee: Alireza FAGHANI (IRN)
ASR 1: Reza SOKHANDAN (IRN)
ASR 2: Moha. MANSOURI (IRN)
4th Off: Malang DIEDHIOU (SEN)
Res.Ass: Djibril CAMARA (SEN)@FIFAWorldCup pic.twitter.com/fmML3WdBaH