PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

चीन औद्योगिक पार्कको केमिकल प्लान्टमा विष्फोट १९ जनाको मृत्यु 



पहिलोपोस्ट

चीन औद्योगिक पार्कको केमिकल प्लान्टमा विष्फोट १९ जनाको मृत्यु 
Photo Source : WEIBO

बेइजिङ : चीनको सिचुआन प्रान्तको एउटा औद्योगीक क्षेत्रमा विष्फोट हुँदा १९ जनाको मृत्यु भएको छ। विष्फोटमा परी १२ जना घाइते भएका छन्। 
स्थानीय समय अनुसार बिहीबार साँझ साढे ६ बजे दक्षिणपश्चिम सिचुआन प्रान्तको जियानमा रहेको औद्योगीक पार्कमा रहेको यीविन हेङडा टेक्नोलोजीको केमिकल प्लान्टमा विष्फोट भएको प्रान्तीय सुरक्षा प्रशासनलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ। 

विष्फोटपछि लागेको आगो शुक्रबार विहानसम्म नियन्त्रणमा लिइएको थियो। विष्फोटमा परी घाइते भएकाको अवस्था स्थिर रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन्। 

दुर्घटनाको अनुसन्धान भइरहेको बताइएको छ। २०१५ को जुलाईमा दर्ता भएको कम्पनीले खाद्यान्न र औषधि उत्पादनका लागि केमिकल उत्पादन गर्दै आएको थियो।

विष्फोटको कारण हालसम्म खुल्न नसकेको बीबीसीले जनाएको छ। समाचार अनुसार उद्योको तीन तले भवन ध्वस्त भएको छ। 
यसअघि सन् २०१५ मा उत्तर–पूर्वी पोर्ट सिटी तानजीनको केमिकल गोदाममा विष्फोट हुँदा १७३ जनाको मृत्यु भएको थियो। त्यतिवेला अनुसन्धानले विष्फोटमा भ्रष्टाचारका साथै राजनीतिक कनेक्सन र अधिकारीहरुको मिलेमतो फेला परेको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell