PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

१० वर्षपछि कान्तिपुरमा नारायण वाग्ले, सम्पादकीय नेतृत्वमा 'आलोपालो'



पहिलोपोस्ट

१० वर्षपछि कान्तिपुरमा नारायण वाग्ले, सम्पादकीय नेतृत्वमा 'आलोपालो'
फोटो साभार : जनकराज सापकोटा/ट्विटर

काठमाडौं : दश वर्ष प्रधान सम्पादक रहेका सुधीर शर्माले राजिनामा गरेपछि रिक्त रहेको कान्तिपुर दैनिकको सम्पादकीय नेतृत्व नारायण वाग्लेले लिएका छन्।

संयोग नै हो, वाग्लेले कान्तिपुरबाट राजिनामा गरेपछि शर्मा सम्पादक भएका थिए। र, फेरि अहिले शर्माले राजिनामा गरेपछि वाग्ले प्रधान सम्पादक बनेका हुन्।

दी काठमाण्डू पोस्टका सम्पादक अखिलेश उपाध्यायले पनि शर्मासँग राजिनामा गरिसकेका छन्। पोस्टमा सम्पादक को हुने अझै यकिन भएको छैन। आज वाग्लेलाई नयाँ प्रधान सम्पादकका रुपमा कान्तिपुर समूहले स्वागत गरेको छ।

उपाध्यायले ट्विट गर्दै नारायण वाग्लेलाई स्वागत गरेको फोटो सार्वजनिक गरेका छन्। फोटोमा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया, सुधीर शर्मा र नारायण वाग्लेसहित उपाध्याय पनि देखिएका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell