PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

एन्टोनियो कोन्टे चेल्सीको प्रशिक्षकबाट बर्खास्त



पहिलोपोस्ट

एन्टोनियो कोन्टे चेल्सीको प्रशिक्षकबाट बर्खास्त

प्रिमियर लिग क्लब चेल्सीले प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको छ। सन् २०१६ मा लण्डन क्लबसँग ३ वर्षको लागि सम्झौता गरेका कोन्टे सम्झौता समयअघि नै बर्खास्तीमा परेका हुन्।

स्टानफोर्ड ब्रिजमा रहँदा उनले चेल्सीलाई प्रिमियर लिग र एफए कपको उपाधि एक-एक पटक जिताएका थिए।

कोन्टेकै प्रशिक्षणमा चेल्सीले लिग जित्दा ३८ मध्ये कीर्तिमानी ३० खेल जितेको थियो। यस्तै लगातार १३ खेल जित्दै क्लब कीर्तसमान समेत बनाएको थियो।

क्लबले शुक्रवार स्टेटमेन्ट निकाल्दै कोन्टेसँग चेल्सीले सहकार्य तोडेको जनाएको छ। यस्तै क्लबले कोन्टेको भविष्यमा सफलताको लागि शुभकामना समेत दिएको छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell