PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हामी हाम्रो गौरव अर्को विजेतालाई हस्तान्तरण गर्नेछौँ : फिलिप लाहम



पहिलोपोस्ट

हामी हाम्रो गौरव अर्को विजेतालाई हस्तान्तरण गर्नेछौँ : फिलिप लाहम

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा जर्मनीका कप्तान फिलिप लाहमले विश्वकप ट्रफी उचाले। २४ वर्ष पछि ट्रफी उचालेका लाहम त्यसपछि विश्वकै उत्कृष्ट खेलाडीको सूचीमा सामेल भए। थोरै खेलाडीहरुले मात्र राष्ट्रिय र युएफा, फिफा क्लब विश्वकप र फिफा विश्वकप उपाधी माथि विजय हासिल गर्न सक्छ। ३४ वर्षे लाहमले २०१४ मा विश्वकप जितेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्नयास लिएका थिए र त्यसको तीन वर्षपछि आफ्नो बुटलार्इ विश्राम दिए।

लाहम रसिया विश्वकपमा आफ्नो गोल्डेन ट्रफीका साथ मस्कोको लुजनिकि स्टेडियममा हुने फुटबलकै ठूलो स्टेजमा उपस्थित हुदैछन्। जर्मनीका लागि ११३ खेल खेलेका लाहमले जर्मनीले चार वर्षसम्म आफ्नो गौरवका रुपमा रहेको ट्रफी हस्तान्तरण गर्न लागेको र यो क्षण आफूहरुका लागि निकै दुखद हुने र यसले ट्रफी फेरी जित्न प्रोत्साहन गर्ने बताए।

फिफाले क्रोएसिया र फ्रान्सको खेल अघि उनीसँग गरेको कुराकानी:

 

आफैले विश्वकप जितेको ४ वर्ष पछि तपार्इ नयाँ विश्व च्याम्पियनहरुलार्इ ट्रफी हस्तानतरण गर्दै हुनुहुन्छ। तपार्इलार्इ फेरि त्यहीसँग जोडिन पाउँदा कस्तो महसुस भएको छ?

म जर्मनी र जर्मनीको राष्ट्रिय टोलीका तर्फबाट सो ट्रफी प्रस्तुत गर्दैछु। विश्व विजेता बन्ने अभूतपूर्ण र विशेष अवसर दिएको र विगत चार वर्ष देखि हाम्रो देशको गौरव बनेको ट्रफी हामी अरुलार्इ दिदैछौं। हामी त्यो गौरव भावी विजेतालार्इ सुम्पिदै छौं।


ट्रफी हस्तान्तरण गर्दा तपार्इ के सोच्नु हुन्छ?

यो उत्कृष्ट क्षण हो किनभने यो सक्कली ट्रफी हो। वास्तवमा तपार्इ त्यो ट्रफी आफ्नो हातमा केही समयका लागि मात्र समाउनु हुन्छ। र कप्तानको नाताले तपार्इ विश्वकप उचाल्ने अरु खेलाडी र त्यसपछि त्यसलार्इ हस्तान्तरण गर्दै गएका खेलाडीबारे सोच्नुहुन्छ। जर्मन स्किपरहरु फ्रिट्ज वाल्टर, फ्रान्ज बेकेनबाउर र लोथर म्याथस र अन्तर्राष्ट्रिय कप्तानहरु जस्तै बबी मोरे, कार्लोस अल्बर्टो, ड्यानियल पासारेल्ला, डिनो जोफ, डियगो म्याराडोना, कार्लोस डुंगा, डिडियर डेसच्याम्पस, काफु, फ्याबियो कानाभारो, इकर कसियास।


ब्राजिल २०१४ का बारेमा सोच्दा तपार्इ के सम्झनु हुन्छ?

म फाइनल खेलमा फाइनल विस्सल (सिठ्ठी) बजेको सम्झ्न्छु। मारियो गोट्जेले गोल गरेको समयबाट खेलको अन्तिम मिनेट मेरो जीवनको सबैभन्दा लामो क्षण थियो। म केबल सोचिरहेको थिए 'प्लिज, प्लिज, जस्ट ब्लो ड विस्सल' अर्जेन्टिनाले खेल सकिनु भन्दा केही अघि फ्रि-किक पाएको थियो र लियोनल मेसीले क्रसबार माथिबाट बल पठाएको मलार्इ याद छ। त्यसपछि मानुएल नोएले गोल-किक प्रहार गरे र विस्सल बज्यो। खेलको अन्तिम समय र त्यसपछिका एक-दुर्इ घण्टा नै पहिला म सम्झनेछु।


कार्लेस पुयोलले माराकानामा ट्रफी तपार्इलार्इ हस्तानतरण गरे। आइतवार मस्कोमा ट्रफी कसले उचाल्नेछ?

त्यो खेलले निर्धारण गर्नेछ, म कुनैपनि एउटा फेभरेट टोली छनौट गर्दिन। म ह्युगो लुरिसको राम्ररी कल्पना गर्न सक्छु र डेसच्याम्प र जिदानको बाटोमा हिँडेको खेलाडी र फ्रान्सका लागि त्यसको महत्व बुझछु। विश्वकप फाइनलमा पहिलो पटक पुगेको लुका माड्रिक र क्रोएसियाका लागि पनि त्यही हो।


चार युरोपियन टोलीलार्इ सेमिफाइनलमा देख्दा तपाइ सरप्राइज हुनुभयो?

म अलि सरप्राइज भए किनभने मैले एक दक्षिण अमेरिकी राष्ट्र अन्तिम चारमा पुग्छ भन्ने अनुमान गरेको थिएँ। चाहे ब्राजिल, अर्जेन्टिना वा उरुग्वे होस्, दक्षिण अमेरिकी राष्ट्रसँग जहिल्यै प्रतिभाशाली खेलाडीहरु रहेका छन्। यता, युरोपमा हामीसँग उत्कृष्ट पूर्वाधारहरु छन् र जर्मनी, इंग्ल्यान्ड, स्पेन, इटली र फ्रान्समा हुने लिगहरु धेरै आकर्षक र आर्थिक रुपले राम्रो छ। हामी उत्कृष्ट खेलाडीहरुलार्इ होस्ट गर्छौं र धेरै प्रतिस्पर्धात्मक च्याम्पियनसिप छन्। त्यसले युरोपको राष्ट्रिय टोलीहरुलार्इ बलियो बनाएको छ। र त्यसबाट बेल्जियम र क्रोएसिया जस्ता साना राष्ट्रलार्इ पनि फाइदा भएको छ।

 

जर्मनीको प्रदर्शनबारे तपार्इ के सोच्नु हुन्छ?

युरोपियन र विश्व च्याम्पियन बन्न सबैलार्इ एक साथ ल्याउनु र एउटा टोली निर्माण गर्ने एउटा निरन्तरको प्रक्रिया हो र सानो चमत्कार पनि। हामीले जर्मनीलार्इ हेर्दा मैदानमा कलाको कमी थियो, मलाई विश्वास छ कि उनीहरुसँग बलियो भएर फिर्ता हुने शक्ति छ र नयाँ कलाको विकास गर्ने क्षमता छ। जो ग्यारी लिनेकरको प्रसिद्ध भनाइसँग बाँच्न सक्छ 'फुटबल एक साधारण खेल हो। २२ खेलाडीहरु ९० मिनेटको लागि बललार्इ पछ्याउँछन् र अन्त्यमा जर्मनी विजयी हुन्छ।'

 

जर्मनी छिट्टै बाहिरिए पनि तपार्इ उनीहरुको कलर लगाएर फाइनलमा हुनुहुनेछ। तपार्इ ट्रफीको विदार्इलार्इ कसरी स्वीकार्नु हुन्छ?

म जर्मनीले पछिल्लो चार वर्ष यता आफ्नो गौरव धानेको ट्रफी हस्तान्तरण गर्नेछु। त्यो गौरभ विजेतालार्इ सुम्पेने छु र त्यो क्षण सुन्दर फुटबलको एउटा शक्तिशाली तस्विर हुनेमा कुनै शंका छैन। यो जर्मनीका लागि एक दुखद क्षण हुनेछ र ट्रफी फेरी जित्न प्रोत्साहन पनि हुनेछ। हामीले यो समयलार्इ अर्को विश्वकपका लागि आफ्नो बलियो पक्षहरु बटुल्ने क्षणका रुपमा लान सक्छौं र २०२४ युएफा आयोजना गर्ने र अन्य फुटबल महाउत्सब आयोजना गर्ने दाबी गर्नुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell