PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

सलमान खानलाई नेपाल ल्याउन खोज्ने गुरुङ पक्राउ



सविन ढकाल

सलमान खानलाई नेपाल ल्याउन खोज्ने गुरुङ पक्राउ

काठमाडौं : सीमान्त गुरुङ पक्राउ परेका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गुरुङलाई शुक्रवार पक्राउ गरेको हो। 

सलमान खान लगायतका बलिउड स्टार नेपाल ल्याउने भन्दै झुक्याएर टिकट बिक्री गरी ठगी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए। एसएसपी सिंहले भने, 'गुरुङले सलमान खान लगायत अन्य व्यक्ति ल्याउने भन्दै टिकट बेचेर ठगी गरेको देखिएको छ। थप अनुसन्धान गरिरहेका छौं।'

गत फागुन २६ गते काठमाडौँको टुँडिखेलमा हुने भनिएको सलमान खानको 'दब्याङ्ग टुर नेपाल' स्थगित भएको थियो। त्यसपछि फेरि जेठमा कार्यक्रम गर्ने भन्दै आयोजकले बताउँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell