PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

पश्चिम रुकुममा बस दुर्घटना, १ को मृत्यु, १६ घाइते 



पी बी खड्का

पश्चिम रुकुममा बस दुर्घटना, १ को मृत्यु, १६ घाइते 

सुर्खेत: रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको सल्लेबाट खलङातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ना. ५ ख. ६५१० नम्बरको बस सल्लेको मुलखोलामा दुर्घटनामा हुँदा अन्य १६ जना घाइते भएका छन्।

घटनास्थलमा मृत्यु हुनेमा मुसिकोट नगरपालिका १ की २५ बर्षिया सपना मल्ल भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जनाएको छ।
 
घाईते हुनेहरुमा रुकुमकै  दुई वर्षीय जेनिष ओली, ७ वर्षीया मृता ओली, ८ वर्षीया नविना थापा, चन्द्र विक, देवी केसी, विष्णु बुढाथोकी, मञ्जु भण्डारी, झरना थापा, विष्णु खड्का, दिपिका बुढाथोकी, कमला चन्द रहेको प्रहरीले जनाएको छ।
 
गम्भिर घाइते भएकी नविना थापालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने अन्य घाईतेको जिल्ला अस्पताल रुकुममा उपचार भईरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell