PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

न्यूयोर्कमा प्रियंकाको नयाँ घर



पहिलोपोस्ट

न्यूयोर्कमा प्रियंकाको नयाँ घर

बलिउड अभिनेत्री प्रियंका चोपडाले टिभी सो 'क्वान्टिको'बाट हलिउडमा चर्चा बटुलेकी हुन्। सिरिजले उनलाई हलिउडमा चिनाएको हो। हलिउड गायक निक जोनससँग प्रेम सम्बन्धमा रहेकी प्रियंका सलमानको नयाँ प्रोजेक्टमा देखिने भएकी छिन्।

लामो समयपछि उनी फिल्म 'भारत' बाट बलिउडमा प्रस्तुत हुने तयारीमा छिन्। त्यस प्रोजेक्टसँगै उनी 'द स्काई इज पिङ्क' मा देखिने छिन्। बलिउड दर्शक उनको नयाँ प्रोजेक्टको पर्खाइमा छन्।

प्रियंकाले बलिउड दर्शक माझ फर्कने तयारी गरे पनि उनी न्यूयोर्कसँग जोडिएकी छिन्। प्रियंकाले हालै न्यूयोर्कमा नयाँ घर किनेकी छिन्। भारतीय मिडियाले उनको नयाँ घरका तस्वीरहरु सार्वजनिक गरेको छ।

प्रियंका केही समयअघि निकसँग न्यूयोर्कमा देखिएकी थिइन्। त्यस लगतै उनले निकलाई भारत पनि लेराएकि थिइन्। निकले भारतमा प्रियंकाका परिवारलाई भेटेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell