PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

बाबुआमै नक्कली! परे प्रहरी फन्दामा



रासस

गुलरिया : सबै नक्कली र किनबेच हुने भए पनि बाबुआमा भने सक्कली हुने यथार्थको विपरित घटना भएको छ। नागरिकता बनाउनकै लागि नक्कली बाबुआमा बन्ने समातिएका छन्।

नक्कली बाबुआमा बनेर नेपाली  नागरिकता दिलाउने र लिने  तीन जना शुक्रबार पक्राउ परेका  हुन्।  

बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो  विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए। तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको छ। 

बडाध्यक्ष तुलप्रसाद गौतमले जन्मदर्ताका आधारमा नागरिकताको सिफारिश गरेका थिए। गत चैत २ गते शर्माले वडा कार्यालयको त्यही सिफारिश इलाका प्रशासन बाँसगढीमा पेश गरी ६५१२७४१२२२२ नंको नेपाली नागरिकता लिएकी थिइन्। विसं २०५५ फागुन ७ गते जन्मिएकी शर्माले नागरिकता प्राप्त गरेलगत्तै राहदानीका लागि सिफारिस लिएकी थिइन्। 

नागरिकता छानवीनकै क्रममा रहेकाले राहदानी वितरण हुन नसकेको प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले नागरिकता सिफारिश गर्ने गराउने र प्राप्त गर्नेविरुद्ध नगारिकता ऐनअनुसार कारवाही हुने बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell