PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

राजपा संसदीय दलको नेतामा मह्न्थ ठाकुर सर्वसम्मत



राधेश्याम पटेल

राजपा संसदीय दलको नेतामा मह्न्थ ठाकुर सर्वसम्मत

वीरगंज :  राष्ट्रिय जनता पार्टी (राजपा)को संसदीय दलको नेतामा नेता महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन्। सिंहदरबारस्थित संसदीय दलमा आज बजेको बैठकले सर्वसम्मतरुपमा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई संदीय दलको नेतामा छानेको राजपाका महामन्त्री तथा प्रदेश नं २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बताए।

‘महन्थजी संसदीय दलको नेतामा चयन हुनुभएको छ। अब सचेतक छान्ने विषयमा छलफल अघि बढिरहेको छ,’ उनले भने।

संघीय संसदको तेस्रो ठूलो दल राजपामा संसदीय दलको नेताका लागि संयोजक ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो आकांक्षी थिए।
राजपामा ६ पार्टीका अध्यक्ष रहेको अध्यक्ष मण्डलमा संसदीय दलको नेतामा धेरै अाकांक्षी रहेकाले लामो समयदेखि संसदीय दलको नेता छान्न सकेका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell