PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

गुफाबाट उद्धार गरिएका सबैलार्इ बिहीवार घर पठाउने, मिडियाबाट टाढै रहन सुझाव



पहिलोपोस्ट

गुफाबाट उद्धार गरिएका सबैलार्इ बिहीवार घर पठाउने, मिडियाबाट टाढै रहन सुझाव
फोटो : एएफपी

थाइल्याण्डको चियाङ राइमा रहेको थाम लुङ गुफाबाट उद्धार गरिएका १२ बालक र फुटबल प्रशिक्षकलार्इ आउने बिहीवार घर पठाइने भएको छ। उद्धार गरिएका सबैलाई मनोवैज्ञानिक परामर्शसमेत दिइएको र उनीहरुको सम्पूर्ण स्वास्थ्य परीक्षण पनि भइरहेको अस्पतालले जनाएको छ। 
थाइल्याण्डका जनस्वास्थ्य मन्त्री पियासाकोइ सकोलसत्तयटोरनले उनीहरुलार्इ घर फर्काइने जानकारी दिँदै भने, 'सबैको स्वास्थ्य धेरै राम्रो छ। उनीहरु सबैलार्इ यो बिहीवार एकैसाथ डिस्चार्ज गरिनेछ।' 

चिकित्सकले बालक र उनीहरुको अभिभावकलार्इ धेरै समय आफ्ना साथी र आफन्तहरुसँग बिताउन सल्लाह दिएका छन्। साथै उनीहरुलार्इ संचारमाध्यमलार्इ अन्तरवार्ता नदिन पनि सुझाव दिइएको मन्त्री पियासाकोइले बताएका छन्।

धेरै दिन अध्यारो र खानाबिना बस्नु परेकाले बाहिर गएपछि त्यही घटनाको बारे कुरा गर्दा उनीहरुमा गम्भीर असर पर्ने मनोचिकित्सकहरुको भनाइ छ।

गुफामा फसेका १२ जना बालक र उनीहरुका फुटबल प्रशिक्षकलाई चार दिन अगाडि गुफाबाट उद्धार गरिएको थियो। गुफा घुम्न गएका उनीहरु झण्डै दुई हप्ताभन्दा बढी समय गुफामै थुनिएका थिए। उनीहरुलाई गुफाबाट उद्धार गर्नका लागि, थाइ नेभी, अन्तर्राष्ट्रिय गोताखोरहरु र विभिन्न देशका विज्ञ परिचालन गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell