PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फ्रान्स भर्सेस क्रोएसिया : फाइनलमा यी ६ खेलाडीमाथि रहनेछ सबैको नजर



पहिलोपोस्ट

फ्रान्स भर्सेस क्रोएसिया : फाइनलमा यी ६ खेलाडीमाथि रहनेछ सबैको नजर

विश्वकप २०१८ को उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच आज फाइनल खेल हुँदैछ। रसियाको सेन्ट मस्कोस्थित लुजनिकी स्टेडियममा फ्रान्स र क्रोएसिया विश्वकप ट्रफी आफ्नो बनाउनका लागि भिड्दै गर्दा सारा विश्वको ध्यान त्यति मोडिनेछ।

दुई टोलीको गरेर मैदान २२ खेलाडी एकैपटक भिडिरहँदा केही स्टार खेलाडी पनि मैदानमा हुनेछन्। त्यसमध्ये पनि खेलको नतिजामा प्रभाव पार्न सक्ने र सबैको नजर तान्न सक्ने केही खेलाडी यस्ता छन्।

 

ह्युगो लोरिस, कप्तान/गोलकिपर (फ्रान्स)

फ्रान्सका नम्बर वान गोलकिपर लोरिस कप्तान समेत हुन्। उनले पोष्टमा बसेर बललाई गोल हुन नदिनुका साथै मैदानमा टिमलाई एकजुट बनाउन समेत भूमिका खेल्नछन्। फ्रान्सेली टिममा आवश्यक कनसिस्टेन्सी ल्याउनका लागि समेत उनको भूमिका छ।

सन् २००९ देखि फ्रान्सको नम्बर वान गोलकिपरको रुपमा खेल्न थालेका उनले यसै विश्वकपमा १०० क्याप समेत पूरा गरे। समिफाइनलमा बेल्जियम विरुद्धको खेल उनको १०३औँ खेल थियो। उक्त खेलसँगै उनले प्रशिक्षक डेसच्याम्पसँगै फ्रान्सका लागि समान १०३ खेल खेलिसके। यस्तै कप्तानको रुपमा समेत उनले ७९ खेल खेलिसकेका छन्। उनले समूह चरणमा पेरु तथा नकआउट राउण्डमा उरुग्वे र बेल्जियम विरुद्ध उत्कृष्ट बचाउ गर्दै फ्रान्सलाई जित दिलाएका थिए।

 

लुका मोडरिच, कप्तान/मिडफिल्डर (क्रोएसिया)

३३ वर्षीय मोडरिच क्रोएसियाका कप्तान हुन्। रियल मड्रिडबाट क्लब फुटबल खेल्ने नी अहिले विश्वकै उत्कष्ट मिडफिल्डरमध्ये एक हुन्। सेन्ट्रल मिडफिल्ड देखि अट्याकिङ मिडफिल्डसम्म खेल्न सक्ने मोडरिचको कप्तानीमा क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ।

समूह चरणमा नाइजेरिया विरुद्ध र अर्जेन्टिना विरुद्ध गोल गरेका मोडरिचले नकआउट राउण्डमा गोल गर्न नसकेपनि टिमको लागि प्रेरणादायी प्रदर्शन गरिरहेका छन्। मोडरिचको र इभान राकिटिचको मिडफिल्ड जोडी विश्वकपकै उत्कृष्ट देखिएको छ। यी दुई खेलाडीको प्रदर्शनले क्रोएसियाको नतिजामा प्रभाव पार्न सक्छ। लामो दुरीबाट गोल गर्न मोडरिच माहिर छन्।

क्रोएसियाले फ्रान्सलाई हराउँदै विश्वकप जित्न सके मोडरिच क्रोएसियन टिमका लेजेण्ड हुनेमा कुनै शंका छैन।

 

एन्टोनी ग्रीजमन, फरवार्ड (फ्रान्स)

फ्रान्सले टिमका मुख्य फरवार्ड हुन् ग्रीजमन। ग्रीजमन र फ्रेन्च टिमको नाता अनौठो छ। ग्रीजमनले गोल गरेको खेलमा फ्रान्स हारेको छैन।

ग्रीजमनसँगै टिनएजर किलिएन एम्बाप्पे र ओदिभर जिरुडको फरवार्ड लाइन विपक्षीका लागि टाको दुखाई बन्न सक्छ। ग्रीजमन गोल गर्नका साथै गोलको अवसर सिर्जना गर्न समेत माहिर छन्।

दुई वर्षअघि युरोकपको उपविजेता बन्दा उनी सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी बनेका थिए। यसपटक उनले रसियमा ३ गोल गरेका छन्। क्रोएसिया विरुद्ध ह्याट्रिक गर्न सके उनी गोल्डेन बुटकै दाबेर हुनेछन् भने १ वा २ गोलले नलाई शिल्भर वा ब्रोन्ज बुट दिलाउन सक्छ।

 

किलिएन एम्बाप्पे, फरवार्ड (फ्रान्स)

फुटबल सम्राट पेलेको कीर्तिमान ६० वर्षपछि बराबरी गर्ने खेलाडी हुन् एमबाप्पे। यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडी। अर्जेन्टिना विरुद्ध प्रिक्वाटरफाइनलमा फ्रान्सलाई जित दिलाउन उनले २ गोल ठोके।

उक्त दुई गोल गरेसँगै उनले सन् १९५८ मा ब्राजिलका पेलेले बनाएको कीर्तिमान बराबरी गरे एकै खेलमा दुई गोल गर्ने टिनएजर बने।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट व्यावसयी फुटबल खेल्ने उनी विश्वकै दोस्रो मंहगा फुटबलर हुन्। क्रिस्टियानो रोनाल्डो युभेन्ट्स लागेपछि स्पानिस क्लब रियल मड्रिडले एमबाप्पेलाई समेत टार्गेटमा राखेको छ।

फ्रान्सलाई २० वर्षपछि उपाधि दिलाउन सहयोग गर्न सके एमबाप्पे यस विश्वकपको उत्कृष्ट युवा खेलाडी हुनेमा कुनै शंका छैन।

 

ड्यानियल सुबासिच, गोलकिपर (क्रोएसिया)

रसिया विश्वकपमा पेनाल्टी रोक्न माहिर गोलकिपरको रुपमा चर्चित भएका छन् क्रोएसियाका ड्यानियल सुबासिच। क्रोएसियालाई पहिलो पटक फाइनलसम्म पुर्‍याएन सुबासिचले महत्वपूर्ण भंमिका खेलेका छन्। उनले प्रिक्वाटरफाइनलमा डेनमार्क विरुद्ध ३ तथा क्वाटरफाइलमा आयोजक रसिया विरुद्ध १ पेनाल्टी रोकेका थिए।

समूह चरणको ३ खेलमा क्रोएसियाले १ गोल मात्र खाएको थियो। नाइजेरिया र अर्जेन्टिना विरुद्धको खेलमा उनले क्लिनिट राखे।

यस्तै नकआउट चरणमा त उनी पेनाल्टी सेभर नै बनेर निक्से। एउटै विश्वकपमा ४ वा त्यो भन्दा बढी पेनाल्टी रोक्ने उनी दोस्रो गोलकिपर बने।

उनले डेनमार्क विरुद्ध क्रिस्टिएन एरिक्सन, लास सोहने र निकोलाई जोर्गेनसनको पेनाल्टी रोके।

रसिया विरुद्धको खेलमा पूर्ण फिट नभएपनि पनि खेलेका उनले फेडोर स्मोलोभको पहिलो पेनाल्टी नै रोकिदिए।

 

मारियो मान्डुकिच, फरवार्ड (क्रोएसिया)

क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्‍याउन निर्णायक गोल गर्ने खेलाडी यीनै मान्डुकिच हुन्। उनले सेमिफाइनलमा इंग्ल्याण्ड विरुद्ध अतिरिक्त समयमा निर्णायक गोल गरेका थिए। १०९औँ मिनेटमा गरेको गोल  मद्दतमा क्रोएसियाले इंग्ल्याल्डलाई २-१ ले पराजित गरेको थियो।

उनले प्रिक्वाटरफाइनलमा डेनमार्क विरुद्ध १ गोलले पछि परेको अवस्थामा पनि बराबरी गोल फर्काएका थिए।

क्रोएसियन टिमको मुख्य फरवार्डको रुपमा रहेका मान्डुकिच चाहिएको बेला गोल गर्न माहिर छन्। सेमिफाइनलखेल दौरान मैदानमै इन्ज्युर्ड बनेपनि उनी गोल गर्न सफल भएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell