PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

होसियार ! जथाभाबी बाटो नकाट्नुस्, आजदेखि सडकमै हुन्छ प्रशिक्षण



पहिलोपोस्ट

होसियार ! जथाभाबी बाटो नकाट्नुस्, आजदेखि सडकमै हुन्छ प्रशिक्षण

काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभाबी सडक काट्ने पैदल यात्रुको लागि आजदेखि नयाँ व्यवस्था लागू गरेको छ।

जेब्राक्रसिङ र आशासेपुल भएका स्थानबाट बाटो नकाट्ने यात्रुहरूले अब ट्राफिक प्रहरीको दुई घन्टे प्रशिक्षण लिनु पर्ने महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए।

पहिलो चरणमा प्रहरीले राजधानीमा १२ स्थानमा यस्तो कार्यक्रम गर्ने लागेको हो।
 

कोटेश्वर, ठिमी, नयाँ बानेश्वर, थापाथली, पुरानो बसपार्क, केशहरमल, सिंहदरबार, गौशाला, महाराजगन्ज, कालिमाटी र जावलाखेलमा ट्राफिक प्रहरी परिचालन गरिएको छ।

एसएसपी पन्तले भने 'पैदल यात्रुले जथाभाबी बाटो काट्ने गरेकाले सचेत बनाउन केही समय प्रशिक्षण गर्न लागेका हौँ।'

महाशाखाले यसअघि जथाभाबी काटो काट्ने पैदलयात्रीको लागि २ सय रुपैयाँ जरिवाना गरेको थियो। चौतर्फी आलोचना भएपछि गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा उक्त व्यवस्था हटाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell