PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

पेस्तोलसहित ३ जना पक्राउ



पहिलोपोस्ट

पेस्तोलसहित ३ जना पक्राउ

काठमाडौँ: प्रहरीले पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँ र ललितपुरको संयुक्त टोलीले अटोमेटिक पेस्तोलसहित शनिबार ललितपुरको नख्खिपोटबाट तीन जनालाई नियन्त्रणमा लिएको हो।

रामेछापका कृष्णबहादुर जोगी, आशुराम मोक्तान र ताप्लेजुङका हेमलाल चौधरीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर टेकुका एसएसपी विश्वराज पोखरेलले बताए।

पोखरेलले भने,' राजधानीमा हतियारको सप्लाई गर्ने सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा नियन्त्रणमा लिएका हौँ। थप अनुसन्धान भइरहेको छ।'

परिसर काठमाडौँमा प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा भएको टोलीले उनीहरूको साथबाट २ वटा म्यागेजिन र पाँच थान गोली समेत बरामद गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell