PahiloPost

May 15, 2026 | १ जेठ २०८३

यौन दुर्व्यवहारको उजुरी गरेको भन्दै कुटपिट



पहिलोपोस्ट

यौन दुर्व्यवहारको उजुरी गरेको भन्दै कुटपिट

जनकपुरधाम :  यौन दुर्व्यवहारको उजुरी प्रहरीमा गरेको भन्दै पीडित युवतीका परिवारजन कुटिएका छन्।
 
धनुषा जिल्लाको विकट क्षेत्र मुखियापट्टी मुसहर्निया गाउँपालिकाका नवटोली टोलमा शनिवार एक नाबालिकलाई केही व्यक्तिले यौन दुर्व्यवहार गरेका थिए। जिमदार नामले चिनिने व्यक्तिसहिको समूहले दुर्व्यवहार गरेको भन्दै स्थानीय प्रहरी चौकीमा पीडितका आमाले उजुरी गराएकी थिइन्। प्रहरीमा उजुरी गरेपछि घटनामा संलग्न नरेश महतोलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

महतो पक्राउ परेपछि पीडक पक्षका व्यक्तिहरुले पीडित नाबालिकाका आमार काकीलाई घरमा कोही नभएको बेलाकुटपिट गरेका हुन्।

कुटाइबाट घाइते भएका दुवैको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको स्थानीय मानव अधिकारकर्मी किरण कर्णले जनाएका छन्।

पीडित परिवारका अनुसार उक्त घटनाको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिन जाँदा दुवै पक्षलाई बोलाएर मिलाउन प्रहरीले दवाव दिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell