PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

मोडरिचलाई गोल्डेन बल, एमबाप्पेलाई योङ प्लेअर अवार्ड



पहिलोपोस्ट

मोडरिचलाई गोल्डेन बल, एमबाप्पेलाई योङ प्लेअर अवार्ड

फाइनलमा फ्रान्ससँग पराजित हुँदै उपविजेता बनेको क्रोएसिया कप्तान लुका मोडरिचले विश्वकप २०१८ को गोल्डेन बल अवार्ड जितेका छन्। क्रोएसियालाई पहिलो पटक फाइनल पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका उनले उत्कृष्ट खेलाडी हुँदै गोल्डेल बल जितेका हुन्। यस्तै तेस्रो भएको बेल्जियमको एडेन हाजार्डले शिल्भर तथा फ्रान्सका एन्टोनी ग्रीजमनले ब्रोन्ज बल जिते।


यस्तै च्याम्पियन फ्रान्सका युवा स्टार किलिएन एम्बाप्पेले बेस्ट योङ प्लेअरको अवार्ड जिते। उनी विश्वकपको फाइनलमा गोल गर्ने पेलेपछि पहिलो टिनएजर प्लेअर बनेका छन्। यस विश्वकपमा एमबाप्पेले कूल ४ गोल गरे जसमा फाइनलको एक गोल पनि समावेश छ। 

यस्तै सर्वाधिक ६ गोल गरेका इंग्ल्याण्डका कप्तान ह्यारी केनले गोल्डेन बुट जिते। ४ गोल गर्नुका साथै २ एसिस्ट गरेका ग्रीजमनले सिल्भर बुट तथा ४ गोल र एक असिस्ट गरेका बेल्जियमका रोमेलु लुकाकुले ब्रोन्ज बल जिते।

बेल्जियमका गोलकिपर थिबाउट कोर्तवाले उत्कृष्ट गोलकिपर हुँदै गोल्डेन ग्लोभ्स अवार्ड जिते। स्पेनले फेयर प्लेको अवार्ड जित्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell