PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

२० वर्षपछि विश्वकप जितेको फ्रान्सलाई वर्षाको स्वागत, फोटोमा हेर्नुस् फ्रेन्च टोलीको सेलेब्रेसन

२० वर्षपछि विश्वकप जितेको फ्रान्सलाई वर्षाको स्वागत, फोटोमा हेर्नुस् फ्रेन्च टोलीको सेलेब्रेसन

पहिलोपोस्ट /पहिलोपोस्ट


पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई पराजित गर्दै फ्रान्सले दोस्रो पटक फिफा विश्वकपको उपाधि जितेको छ। रसियामा सम्पन्न विश्वकप २०१८ मा फ्रान्सले क्रोएसियालाई ४-२ ले पराजित गर्दै २० वर्षपछि उपाधि जितेको हो।

फ्रान्सको जितमा एन्टोनी ग्रीजमन, पउल पोग्बा र किलिएन एमबाप्पेले एक-एक गोल गरे भने मारियो मान्डुकिचले आत्मघाती गोल उपहार दिए। पहिलो पटक विश्वकप फाइनल खेलेको क्रोएसियाको लागि इभान पेरिसिक र मान्डुकिचले गोल गरे।

यसले पछिल्लो दुई दशकमा फ्रान्सलाई विश्वकपको सर्वाधिक सफल टोली बनाएको छ। सन १९९८ मा घरेलु भूमिमा भएको १६औँ विश्वकपमा ब्राजिललाई ३-० ले पराजित गर्दै पहिलो पटक उपाधि जितेको प्रान्सले २००६ मा पनि फाइनलसम्मको यात्रा तय गरेको थियो। तर इटालीसँग पेनाल्टीसुटआउटमा पराजित भएपछि फ्रान्स उपविजेतामै चित्त बुझाउन बाध्य भयो।

२० वर्षपछि फ्रान्सले उपाधि जित्दा सन् १९९८ मा कप्तान रहेका डिडिएर डेसच्याम्पस नै प्रशिक्षकको भूमिकामा रहे। उनी यस्तो सफलता हात पार्ने मारियो जागोलो र फ्रान्स बेकनबाउर पछि तेस्रो व्यक्ति बनेका छन्।

फोटोहरु : फिफा/गेट्टी इमेज



ट्रेन्डिङ पोस्ट

Ncell