PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

कट्रिना कैफको ३६ ‍औं जन्मदिन



पहिलोपोस्ट

 कट्रिना कैफको ३६ ‍औं जन्मदिन

बलिउड अभिनेत्री कट्रिना कैफको आज जन्मदिन परेको छ। आफ्नो ३६ ‍औं जन्मदिन उनले परिवारसँग लण्डनमा मनाइन्।

उनी अहिले शाहरुख खानको 'जेरो'मा व्यस्त छिन्। सलमानसँग 'टाइगर जिन्दा है'मा देखिएकी उनी आमिर खानको 'ठग्स अफ हिन्दुस्तान'मा देखिनेछिन्। यतिखेर उनलाई फ्यानहरुले जन्मदिनको शुभ कामना दिइरहेका छन्।

उनी मङ्गलबार मुम्बइ फर्किने भारतीय मिडियामा उल्लेख छन्। 'जेरो'को सुटिङबाट केही दिनका लागी विदा लिएर उनी परिवारसँग जन्मदिन मनाउन लण्डन पुगेकी हुन्। हङकङमा जन्मेकी कैफ बलिउडकी स्थापित अभिनेत्रीमध्य पर्छिन्। उनी बलिउडका धेरे पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन्। उनले बलिउडमा निकै हिट फिल्म गरेकी छिन्। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell