PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रसिया विश्वकप २०१८ रिभ्यु



पहिलोपोस्ट

रसिया विश्वकप २०१८ रिभ्यु

रसियाको लुजनिकी स्टेडियममा भएको विश्वकप २०१८ को फाइनल खेलमा क्रोएसियालार्इ पराजित गर्दै फ्रान्स दोस्रो पटक विश्वजविजेता बन्यो। एक महिना लामो फुटबल महाउत्सब अन्त्य भएसँगै कतारमा २०२२ मा हुने विश्वकपको तयारी शुरु भएको छ।

३२ टोली सहभागि विश्वकप २०१८ मा क्रोएसियाले पहिलो पटक फाइनल पुग्दै इतिहास बनायो। तर फाइनलमा फेभरेट फ्रान्सले नै बाजि मार्‍यो।

 

समूह चरणदेखी फाइनलसम्म भएका खेलहरुमा के भए?

रसिया विश्वकपमा ३२ टोलीलार्इ ८ समूह मा विभाजित गरिएको थियो। समूह 'ए' मा आयोजक रसिया, उरुग्वे, साउदी अरेबिया, इजिप्ट रहेका थिए। उरुग्वे समूह चरणका सबै खेलमा विजयी हुदै समूहमा पहिलो र रसिया दोस्रो हुदै नक आउट चरणमा प्रवेश गरेका थिए। विश्वकपमा सहभागी राष्ट्रहरुमध्ये फिफा र्‍याङकिङमा सबैभन्दा तल रहेको रसियाले विश्वकपको पहिलो खेलमा नै साउदीलार्इ ५-० गोलले पराजित गरेको थियो भने इजिप्ट जस्तो अब्बल मानिएको राष्ट्रलार्इ समेत ३-० गोलले पराजित गर्न सफल भएको थियो। साउदीले इजिप्टलार्इ समूह चरणको अन्तिम खेलमा पराजित गर्‍यो र इजिप्ट अंकविहिन रहदै विश्वकपबाट बाहिरिन बाध्य भयो।

समूह 'बी' मा रहेका थिए स्पेन, पोर्चुगल, इरान र मोरोक्को। धेरै संघर्षका बीच स्पेन र पोर्चुगलले अन्तिम १६ मा स्थान पक्का गर्‍यो। स्पेनसँगको खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरी खेल बाबरीमा टुंग्याउन सफल भएका थिए। आफू भन्दा निकै कमजोर मानिएको इरान र मोरोक्कोसँग स्पेन र पोर्चुगलले जितका लागि धेरै परिश्रम गर्नु पर्‍यो।

२०१८ विश्वविजेता फ्रान्स समूह 'सी' मा डेनमार्क, पेरु र अस्ट्रेलियासँग रहेका थिए। समूहमा फ्रान्स पहिलो हुदै नकआउट चरणमा प्रवेश गरेको थियो। डेनमार्कले समूह चरणको अन्तिम खेलकमा फ्रान्सलार्इ बराबरीमा रोक्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो।

समूह 'डी' मा क्रोएसिया, अर्जेन्टिना, नाइजेरिया र आइसल्यान्ड थिए। क्रोएसिया समूहका सबै टोलीलार्इ पराजित गर्दै नक आउट चरणमा पुग्न सफल भयो। अर्जेन्टिनाले अन्तिम १६ मा पुग्न अन्तिम खेलसम्म पर्खन पर्‍यो। सबैभन्दा बलियो मानिएको लियोनल मेसीको अर्जेन्टिनालार्इ आइसल्यान्डले १-१ को बराबरी मा रोक्यो भने क्रोएसियाले ३-० ले पराजित गर्‍यो। अन्तिम खेलमा नाइजेरियालार्इ २-१ ले पराजित गरे पश्चात मात्र अर्जेन्टिना रसिया विश्वकपमा अगाडी बढ्न सफल भयो। विश्वकपमा पहिलो पटक सहभागी भएको आइसल्यान्डले फुटबल प्रशंसकहरुको मन जित्यो।

ब्राजिल र स्वीट्वरल्याण्ड समूह 'इ' का विजेता र उपविजेता बन्दै अन्तिम १६ मा पुगे। स्वीट्वरल्याण्डसँग बराबरी खेलेको ब्राजिलले क्रोस्टारिका र सर्बियालार्इ पराजित गरेका थिए। दुर्इ खेल बराबरी खेलेको स्वीटजरल्यान्डले सर्बियालार्इ पराजित गरेको थियो। ब्राजिलले सर्बियालार्इ पराजित गरेका कारण स्वीटजरल्यान्ड अन्तिम १६ मा पुगेको हो।

समूह 'एफ'मा रहेका २०१४ विश्व विजेता जर्मनी यसपटक समूह चरणबाटै बाहिरियो। मेक्सिको, दक्षिण कोरिया र स्विडेन समेत रहेको सो समूहमा स्विडेन र मेक्सिको नक आउट चरणमा प्रवेश गर्न सफल भए। पहिलो खेलमा मेक्सिकोसँग १-० ले पराजित भएको जर्मनी अन्तिम खेलमा कोरियासँग २-० पराजित भएको थियो। जर्मनीले स्विडेनलार्इलार्इ मात्र पराजित गरेको थियो।

इंग्ल्यान्ड, बेल्जियम, ट्युनिसिया र पानामा समूह 'जी' मा थिए। बेल्जियमले समूहमा रहेका सबै टोलीलार्इ पराजित गर्दै अन्तिम १ ६ को यात्रा तय गरेको थियो। इंग्ल्यान्डले पानामा र ट्युनिसियालार्इ पराजित गरेको थियो। पानामालार्इ ६-१ ले पराजित गर्ने क्रममा इंग्ल्यान्डका ह्यारी केनले ह्याट्रिक प्रहार गरेका थिए। समूह 'एच' मा पोल्यान्ड, कोलम्बिया, जापान र सेनेगल थिए। कोलम्बिया समूहमा पहिलो भएको थियो भने जापान दोस्रो। जापान र सेनेगलको समान ४ अंक रहेकोमा फेर प्लेको आधारमा अन्तिम १६ न प्रवेश गरेको थियो।

अन्तिम १६ सम्म आइपुग्दा फुटबलमा फेभरेट टोली भन्दा अनडरडग टोलीहरुको प्रदर्शन उत्कृष्ट रह्यो। अन्तिम १६ को पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालार्इ ४-३ ले पराजित गरेको थियो। लियोनल मेसीको विश्वकप जित्ने सपनामा पूर्णविराम लगाउन फ्रान्सका किलिएन एम्बाप्पेले दुर्इ गोल गरेका थिए। यस्तै अर्का फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको पोर्चुगिज टोली उरुग्वेसँग २-१ ले पराजित बनेको थियो। एडिसन काभानीको दुर्इ गोलले उरुग्वे क्वाटरफाइनल पुग्यो। विश्वकपमा मेसी र रोनाल्डो दुवैले आशा गरे अनुसार प्रदर्शन गर्न सकेनन्।

आयोजक रसियाले स्पेन जस्तो बलियो राष्ट्रलार्इ पेनाल्टी सुटआउटमा पराजित गर्‍यो। यता क्रोएसियाले पनि डेनमार्कलार्इ पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो। ब्राजिलले मेक्सिकोलार्इ पराजित गर्दा बेल्जियमले दुई गोलले पछि परेको स्थिती उल्टाँउदै जापानलार्इ पराजित गरेको थियो। स्विट्जरल्यान्डलार्इ पराजित गर्दै स्विडेन क्वाटरफाइनल पुग्यो भने इंग्ल्यान्डले कोलम्बियालार्इ पेनाल्टीमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो।

क्वाटरफाइनल भिडन्त झनै रोचक भयो। ब्राजिललार्इ बेल्जियमले २-१ ले पराजित गर्‍यो। छैठौं पटक उपाधी जित्ने ब्राजिलको सपना उक्त हारप५ टुंगियो। नेमार पनि अरु फुटबल स्टार झै घर फर्किन बाध्य भए। यस्तै फ्रान्सले उरुग्वेलार्इ पराजित गर्‍यो। लुइस स्वारेजले राम्रो प्रदर्शन गर्न सकेनन् भने काभानी चोटका कारण मैदान बाहिर हुँदा फ्रान्स उरुग्वेमाथि हावी भयो। इंग्ल्यान्डले स्विड्नलार्इ २-० ले पराजित गर्दै सेमिफाइनल पग्यो। क्रोएसिया फेरी पेनाल्टीमा विजय हुँदै २० वर्ष पश्चात सेमिफाइनलमा पुग्यो। यसले आयोजक रसियालार्इ पेनाल्टीमा ४-३ ले पराजित गरेको थियो।

सेमिफाइनलमा थिए दुर्इ अन्डरडग र दुर्इ फेभरेट टोली। फ्रान्सले सेमिफाइनलमा बेल्जियमलार्इ १-० ले पराजित गर्दै गर्‍यो। फ्रान्सका उम्टिटिले ५१औँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो। बेल्जियमका रोमेलु लुकाकुले पाएका राम्रा अवसरहरुको सदुपयोग गर्न सकेनन्। यस्तै अर्को खेलमा क्रोएसियाले इंग्ल्यान्डलार्इ एक्स्ट्रा टाइममा पराजित गर्‍यो। इंग्ल्यान्डका किरन ट्रिपीएरले पाँचौ मिनेटमा इंग्ल्यान्डलार्इ अग्रता दिलाएका थिए तर क्रोएसियाका पेरिसिकले ६८औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। खेल एक्स्ट्रा टाइममा गयो र क्रोएसियाका मान्डुकिचले १०९औँ मा गरेको गोलले क्रोएसियालार्इ पहिलो पटक विश्वकप फाइनलमा पुर्‍यायो। थ्री लायन्सको दोस्रो पटक उपाधी जित्ने लक्ष्य पुरा हुन सकेन।

तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड बेल्जियमसँग रसियामा फेरी पराजित भयो। २-० ले विजय भएको बेल्जियमका लागि थोमस म्युनियर र कप्तान एडेन हाजार्डले गोल गरे। रसिया विश्वकपमा सर्वाधिक गोल गरी गोल्डेन बुट जितेका ह्यारी केनले नकआउट चरणहरुमा राम्रो प्रदर्शन गर्न सकेनन्। यस्तै रोमेलु लुकाकु पनि मैदानमा कमजोर देखिए।

अन्ततः फाइनलमा फ्रान्स र क्रोएसिया पुगे। क्रोएसिया हावी भएको खेलमा फाइदा भने फ्रान्सले उठायो। फ्रान्सका एन्टोनी ग्रीज्म्यानले प्रहार गरेको फ्रि किकलार्इ रोक्ने क्रममा क्रोएसियाका मारियो मान्डुकिचले आत्मघाती गोल गरे। लगतै क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै खेललार्इ बराबरीमा ल्याए। पेरिसिकले डि बक्स भित्र ह्यान्ड बल गरेका कारण फ्रान्सले पेनाल्टी पायो र त्यसलार्इ ग्रीज्म्यानले गोल मा परिणत गरे। पछि पउल पोग्बा र किलियन एम्बाप्पेले गोल गरी फ्रान्सलार्इ ४-१ को अग्रता दिलाए। त्यसको केही समयपछि मान्डुकिचले क्रोएसियाका लागि  एक गोल थपे तर त्यो जितका लागि अपर्याप्त थियो। फ्रान्सले ४-२ गोल अन्तरले क्रोएसियालार्इ पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधी जित्यो।  

समग्रमा रसिया विश्वकपमा फुटबलमा बलियो मानिएको राष्ट्रहरु भन्दा कमजोर आंकलन गरिएका राष्ट्रहरुको प्रदर्शन राम्रो रह्यो। क्रोएसिया, बेल्जियम, रसिया, जापान, आइसल्यान्ड जस्ता राष्ट्रहरुले फेभरेट टोलीहरुको भन्दा धेरै तारिफ कमाए। ब्राजिल, अर्जेन्टिना, पोर्चुगल, स्पेन, उरुग्वेका खेलहरु स्टार खेलाडीको भरमा चलेको प्रस्त देखिन्थ्यो। साना राष्ट्रहरुको खेल उत्कृष्ट रह्यो।

यस्तै यस पटकदेखि लागु भएको भिडियो एसिस्टेन्ट रेफ्री (भार) ले पनि धेरै खेलको नतिजामा प्रभाव पार्‍यो भने विवादित समेत बन्यो। भारकै कारण केही खेलमा नतिजा उल्टियो। यसले ब्युटिफुट गेम भनिने फुटबलको ब्युटिलाई सुहाउने काम पक्कै गरेन। भारकै कारण यसपटक भेरै पेनाल्टीहरु प्रहार भए।

पछिल्लो एक दशक विश्व फुटबलमा एकछत्र राज गर्दै क्लब फुटबलमा सबै खाले उपलब्धी हासिल गरेका लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको यस पटक पनि विश्वकप जित्ने सपना पुरा हुन सकेन। लगातार चार पटक विश्कवप खेल्दा मेसीले अर्जेन्टिनालाई  एक पटक फाइनल पुर्‍याए उपाधि जित्न नसकेपछि उत्कृष्ट खेलाडी हादै गोल्डेन बल जिते। रोनाल्डो लगातार चार संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने। सुपरस्टार भएर पनि टिममा तालमेलको अभाव हुँदा यी खेलाडीको विश्वकप जित्ने सपना यस पटक अधुरो रह्यो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell