PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती भारतका लागि राजदूत सिफारिश



विधुर ढकाल

पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती भारतका लागि राजदूत सिफारिश

काठमाडौँ : सरकारले भारतका लागि राजदूत पदमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई सिफारिश गरेको छ। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले उप्रेतीलाई भारत र पूर्व राजदूत उदयराज पाण्डेलाई मलेसियाका लागि राजदूत सिफारिश गरेको हो। 

असार २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले राजदूतको नियुक्ति सम्बन्धि निर्देशिका पारित गरेको थियो। सो निर्देशिका अनुसार अब  वर्गीकरण गरिने छैन। 

भारतका लागि राजदूत रहेका दीपकुमार उपाध्यायले नेपाली कांग्रेसबाट चुनाव लड्नका लागि राजीनामा दिएपछि राजदूत पद खाली थियो। 

पाण्डे यसअघि साउदी अरेबियाका राजदूत भइसकेका छन्। 

सम्बन्धित देशबाट एग्रिमो आइसकेपछि मात्र ती देशहरुमा राजदूत नियुक्त हुने गर्छ। 

भारत र मलेसियाका लागि राजदूत सिफारिश भइसकेपछि अब अमेरिका र साउदी अरबका लागि राजदूत सिफारिश हुन बाँकी छ। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell