PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

इपीएल : युएईको कप्तान रोहन मुस्ताफा काठमाडौं किंग्स एघारमा अनुबन्धित



पहिलोपोस्ट

इपीएल : युएईको कप्तान रोहन मुस्ताफा काठमाडौं किंग्स एघारमा अनुबन्धित

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल)को दोस्रो संस्करणका लागि काठमाडौं किंग्स एघारले युएईका कप्तान रोहन मुस्ताफालाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ।

सोमवार काठमाडौंले विज्ञप्ती जारी गर्दै मुस्ताफालाई दोस्रो विदेशी खेलाडीको रुपमा ल्याएको जनाएको छ। यसअघि काठमाडौंले आयरल्याण्डका अलराउण्डर केभिन ओब्रायनलाई अनुबन्ध गरिसकेको छ।

धनगढीमा भएको डीपीएलमा टिम चौराह धनगढीबाट खेलेका मुस्ताफा पहिलो पटक इपीएल खेल्ने टोलीमा आबद्ध भएका हुन्। धनगढीमा खेल्दा सोमपालको कप्तानीमा खेलेका मुस्ताफा इपीएलमा पनि सोमपाल खेलेको टिमबाटै खेल्ने भएका हुन्।

डीपीएलमा मुस्ताफा म्यान अफ दी सिरिज घोषित भएका थिए।

युएईका कप्तान मुस्ताफाले युएईका लागि वान डे र टी २० गरी ५० भन्दा बढी खेलमा प्रतिनिधित्व गरिसकेका छन्।

पछिल्लो आधा दशक युएईका लागि मुस्ताफाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
 

‘रोहन मुस्ताफा लेफ्ट ह्याण्ड ब्याट्सम्यान र राइट आर्म स्लो बलर हुन्, टिमका लागि उनी एक परफेक्ट अलराउण्डर हुन्। नेपालमा समेत उनले राम्रो प्रदर्शन गर्दै प्रमाणित गरिसकेका छन्।’ काठमाडौं किंग्स एघारका सिओओ राज जंग थापाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell