PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

लगातार तीन बालकको हत्यापछि वीरगंजमा विरोध प्रदर्शन



राधेश्याम पटेल

लगातार तीन बालकको हत्यापछि वीरगंजमा विरोध प्रदर्शन

वीरगंज : पर्सामा सुरक्षा व्यवस्था कमजोर भएकोमा विरोध जनाउँदै सोमबार वीरगंजमा विशाल जुलुस प्रदर्शन गरिएको छ।

पर्साबाट निर्वाचित जनप्रतिनिधिहरुको सक्रियतामा हत्यारा पत्ता लगाउन नाराबाजीसँगै  जुलुस प्रदर्शन गरिएको हो। दिउँसो १ बजे नारायणी उपक्षेत्रीय अस्पतालबाट निस्केको जुलुस घण्टाघर हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो।

जुलसका अगुवाहरुले प्रहरीमा सुरक्षा व्यवस्था दिनप्रतिदिन खस्किदै गएको र पर्सामा नाबालकहरुको हत्यामा वृद्धि भइरहेको संवेदनशील घटना प्रति ध्यानकर्षण गराए।

जुलुश प्रदर्शनका अगुवा मध्येका पर्सा नं २ का प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले भने,‘पर्सामा विगत डेढ वर्षभित्र तीन जना नाबालकको रहस्यमय हत्या भएको छ,तर प्रहरीले हालसम्म हत्यारा पत्ता लगाउन सकेको छैन। जनताले सुरक्षाको प्रत्याभूति खोजेका छन्,अब जनता चुप भएर बस्दैनन्।’

उनले हिजो बहुदरमाई नगरपालिकामा फेला परेको शव र घटनाको छानविनको लागि पनि पर्सा प्रहरी खासै गम्भीर नदेखिएकोमा आपत्ति जनाए। ८ महिनाभित्र एकै परिवारको दुई नाबालकलाई मारिएको छ।

पर्सा प्रहरीले हिजो बहुदरमाई नगरपालिका वडा नं २ को ध्यानसिंह पिपरा टोलबाट ६ वर्षीय बालक आयुषकुमार साहको शव पोखरीको डिलमा गाडिएको अवस्थमा बरामद गरेपछि पर्सामा नाबालकको हत्या भएको सनसनी मच्चिएको थियो। 

पर्सा प्रहरीले यसअघि वीरगंजको राधेमाईमा १४ वर्षीय बालक चन्दन पटेलको हत्यारा र २०७४ मंसिर १७ मा ध्यानसिंह पिपराको पोखरीको
डिलमा ११ वर्षीय सुमित साहको हत्या बारेमा पनि खासै उपलब्धि हासिल गर्न सकेको छैन।

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले बालकहरुको हत्याको घटनालाई छनविन गर्न ५ सदस्यीय छानविन टोली गठन गरेका छन्। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको संयोजकत्वमा बनेको उक्त समितिमा प्रनाउ द्वय छेदीलाल कामति,सत्यनारायण थापा,अनुसन्धान अधिकृत दिपक पटेल,जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा मोहन कुमार अर्याल रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell