PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच आज पनि वार्ता हुँदै



पहिलोपोस्ट

डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच आज पनि वार्ता हुँदै

काठमाडौँः सरकारी वार्ता टोली र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीच आज पुनः वार्ता हुँदैछ। वार्ता टोली गठन भएलगत्तै सोमबार भएको छलफल निश्कर्षविहीन भएपछि पुनः आज वार्तामा बस्न लागिएको हो। बिहान ९ बजे वार्ता हुनेछ।

जुम्लामा अनशनरत डा. केसीले विचाराधीन चिकित्सा शिक्षा विधेयक परिमार्जनलाई मुख्य मुद्दा बनाएका छन्। यसअघि जारी अध्यादेश अनुसार विधेयक पारित हुनुपर्ने माग केसीको छ। विधेयकको सेरोफेरोमा नै वार्ता सुरु भएको छ। 

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो। टोलीमा गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी छन्। 

केसीका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, डा. अभिषेकराज सिंह, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले प्रतिनिधित्व गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell