PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

दुर्घटना बढेपछि उपत्यकामा आजदेखि दिउँसो टिपर निषेध, ‘टाइम कार्ड’ लागू



पहिलोपोस्ट

दुर्घटना बढेपछि उपत्यकामा आजदेखि दिउँसो टिपर निषेध, ‘टाइम कार्ड’ लागू

काठमाडौँः पछिल्लो समयमा टिपरका कारण भएका सवारी दुर्घटनामा व्यक्तिको ज्यान जाने क्रम बढेपछि सरकारले आजदेखि उपत्यकामा मालवाहक सवारीमा टाइम कार्ड लागू गरेको छ। भक्तपुरको जगातीदेखि कोटेश्वरसम्म टाइम कार्ड लागू भएको हो। 

अब ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नु पर्नेछ। तोकिएकोभन्दा बढी गतिमा सवारी चलाएमा कारबाही हुनेछ। 

ट्राफिक प्रहरी महाशाखाले आजदेखि लागू हेनगरी टाइम कार्डको व्यवस्था गरेको हो। यस्तै अब जगाते–कोटेश्वर सडकमा बायाँतर्फ मालवाहक र सार्वजनिक सवारीसाधन तथा दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कूटनीतिक नियोगका बस सञ्चालन हुनेछन्। 


उपत्यकामा दिउँसो निषेध

यस्तै मंगलबारदेखि नै लागू हुनेगरी दिउँसोको समयमा उपत्यकामा टिपर चलाउन प्रतिबन्ध गरिएको छ। दुर्घटना बढेपछि गृह मन्त्रालयले राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र उपत्यकामा टिपर चलाउन दिने व्यवस्था गृह मन्त्रालयले गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell