PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

२०२२ को विश्वकपमा नेपाली सुरक्षाकर्मी लैजान कतार इच्छुक



पहिलोपोस्ट

२०२२ को विश्वकपमा नेपाली सुरक्षाकर्मी लैजान कतार इच्छुक

काठमाडौं : चार वर्षपछि कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मी परिचालन गर्न कतार सरकार तयार भएको छ।

सोमवार गृहमन्त्री रामबहादुर थापासँगको भेटमा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले सुरक्षा गार्डका रुपमा धेरै सङ्ख्यामा नेपाली लैजान कतार इच्छुक भएको बताए।

राजदुत युसुफले नेपालीलाई त्यस प्रयोजनका लागि कतार लैजान कुनै प्रकारको सम्झैता गर्नुपरे त्यसका लागि तयार रहेको पनि बताएका थिए। भेटमा गृहमन्त्री थापाले कतारमा रहेका नेपाली कामदारको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदूतसँग छलफल गरेका थिए। कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell