PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

पर्वतमा पहिरोमा परी एक जनाको मृत्यु, दश जनाभन्दा बढी घाइते



पहिलोपोस्ट

पर्वतमा पहिरोमा परी एक जनाको मृत्यु, दश जनाभन्दा बढी घाइते

काठमाडौँः केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पर्वतको जलजला गाउँपालिकामा पाँचवटा घर बगाएको छ।

पहिरोको कारणले एक जनाको मृत्यु समेत भएको छ। जलजला गाउँपालिका ८ लस्तीका बमबहादुर परियारका छोरा १७ वर्षीय विकास परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। १० जनाभन्दा बढी घाइते भएका छन्।

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell