PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

'हुकुम'को छायाँकन हुँदै



पहिलोपोस्ट

'हुकुम'को छायाँकन हुँदै

काठमाण्डौं :  फिल्म 'सुश्री सम्पति'को टिम अहिले गीत छायाँकन गर्न व्यस्त छन्। भाद्र २२ लाई प्रदर्शन टार्गेट राखेको टिमले 'हुकुम' बोलको गीतको छायाँकन गरिरहेको छ।

करिव ८० जना कोरस सहित ‍गीतमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन्। गम्भीर बिस्टको निर्देशनमा गीतको छायाँकन भइरहेको हो। सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा बिशाल राई र मेलिना राइको स्वर रहेको छ। गीतलाई शिवराम श्रेष्ठले छायाँकन गरिरहेका छन्। छायाँकन पाटन दरबारमा भइरहेको निर्माण टिमले जनाएको छ।

सुव्रत आचार्यको निर्देशन रहने भइरहेको फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतको अभिनय रहनेछ। फिल्ममा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन्। रमेश त्वायना प्रस्तुतकर्ता रहेको फिल्ममा ‍निर्देशक सुव्रतको कथा रहेको छ।
निर्देशक सुव्रतले  आचार्य फिल्मको छायाँकन सकिए पनि गीतको छायाँकन बाँकी रहेको बताए। उनल भने  'हामीले फिल्मको छायाँकन सकाएता पनि एउटा गीत बाँकी राखेका थियौ। गीतलाई केहि फरक बनाउन भनेर केहि समय ब्रेक लिएका हौ हुकुम बोलको गीतमा राणाकालीन पोशाक र दरबारमा भारदारहरुसंगको नाच र रमाइलो उपयुक्त लागेर हामीले प्रस्तुत गरेका छौ।'

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell