PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

गोविन्द केसीको माग सम्बोधन नभएसम्म संसद अवरुद्ध राख्ने कांग्रेसको निर्णय



पहिलोपोस्ट

गोविन्द केसीको माग सम्बोधन नभएसम्म संसद अवरुद्ध राख्ने कांग्रेसको निर्णय

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीको माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने निर्णय गरेको छ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने र डा.केसीसँग भएको सहमतिका आधारमा विधेयक आउनु पर्ने कांग्रेसको अडान रहेको छ।

नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच जारी छलफलमा संसद अवरुद्ध राख्ने निर्णय भएको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पहिलोपोस्टलाई बताए। उनका अनुसार भोलि पनि संसद अवरुद्ध हुनेछ भने अन्य रणनीतिको विषयमा छलफल जारी रहेको छ।

बैठकमा पार्टीको विधान मस्यौदा समितिका विषयमा पनि छलफल भइरहेको छ।

हिजोमात्रै नेपाली कांग्रेसले सडक आन्दोलनसहितका कार्यक्रम सार्वजनिक गरेको थियो। केसीको समर्थनमा नेपाल विद्यार्थी संघले केही दिन यता प्रदर्शनसमेत गर्दै आएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्- 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell