PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

प्रियांकाले आफ्नो ३६ ‍औं जन्मदिन निकसँग मनाउँदै



पहिलोपोस्ट

प्रियांकाले आफ्नो ३६ ‍औं जन्मदिन निकसँग मनाउँदै

बलिउड अभिनेत्री प्रियांका चोपडाको आज जन्मदिन परेको छ। आफ्नो ३६ ‍औं जन्मदिन उनी ‍न्यूयोर्कमा मनाउनेछिन्। त्याहाँका साथीहरुसँग जन्मदिन मनाउने उनको योजना हो।

आफ्ना प्रेमी निक जोनससँग प्रियांकाले जन्मदिन मनाउने भारतीय मिडियामा उल्लेख छन्। मिस वोल्ड २००० समेत रहेकी प्रियांकाले जन्मदिनमा हलिउड टिभी सरिज क्वान्टिकोका सहकर्मीलाई पनि बोलाएकी छिन्। उनले हालै न्यूयोर्कमा घर पनि किनेकी थिइन्।

उनले बलिउडमा निकै हिट फिल्म गरेसकेकी छिन्। लामो समयपछि उनी फिल्म 'भारत' बाट बलिउडमा प्रस्तुत हुने तयारीमा छिन्। त्यस प्रोजेक्टसँगै उनी 'द स्काई इज पिङ्क' मा देखिने छिन्। बलिउड दर्शक उनको नयाँ प्रोजेक्टको पर्खाइमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell