PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

मानव अधिकार आयोगको मलेठ घटनाको प्रतिवेदनमा राजपाको असन्तुष्टि



पहिलोपोस्ट

मानव अधिकार आयोगको मलेठ घटनाको प्रतिवेदनमा राजपाको असन्तुष्टि

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीको मलेठ घटनामा सार्वजनिक गरेको प्रतिवेदनमा राष्ट्रिय जनता पार्टी (राजपा) विरोध जनाएको छ।

राजपाले आज विज्ञप्ति जारी गर्दै मानव अधिकार आयोगको प्रतिवेदन पूर्वाग्रही रहेको भन्दै सच्याउन माग गरेको हो।

पीडकमाथि कुनै किसिमको कारवाहीको सिफारिस नगरिएको र पीडितलाई न्याय दिलाउन सक्ने अवस्था नरहेको भन्दै आयोगको प्रतिवेदनको आलोचना गरेको हो।

उक्त प्रतिवेदनलाई सत्यतथ्यमा आधारित बनाएर परिमार्जन गर्न राजपाले माग गरेको छ।

सप्तरी जिल्लाको मलेठमा २०७३ फागुन २३ गते सुरक्षाकर्मीको गोली लागि पाँच जना मारिएका थिए भने १३ जनाभन्दा बढी घाइते भएका थिए।

स्थानीय निकायको निर्वाचन लक्षित गरी तत्कालीन नेकपा एमालेले मेची महाकाली अभियान गरेको थियो। उक्त अभियानका क्रममा सप्तरीको मलेठमा आयोजित आमसभालाई लक्षित गरी मधेशी मोर्चाले प्रदर्शन गरेका थिए।

उक्त घटनाको करिब २ वर्षपछि राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा मधेशी मोर्चालाई मुख्य दोषी मानिएको छ भने सहायक दोषी एमालेलाई मानिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell