PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

राष्ट्रिय क्रिकेट टोलीलाई मोनालिसा टेक्सटाइलको साथ, एक वर्षसम्म खेलाडीलाई फर्मल वेयर प्रदान गर्ने

राष्ट्रिय क्रिकेट टोलीलाई मोनालिसा टेक्सटाइलको साथ, एक वर्षसम्म खेलाडीलाई फर्मल वेयर प्रदान गर्ने

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुले अब मोनालिसा एक्सक्लुसिभ टेक्सटाइलले तयार पारेको फर्मल वेयर लगाउने भएका छन्।

क्रिकेट प्लेअर एसोसिएसन नेपाल (सिप्यान) को पहलमा मोनालिसाबीच टेक्सटाइल बुधवार नेपाली क्रिकेट टोलीको सर्टिङ एण्ड सुटिङ पार्टनरको रुपमा अनुबन्ध भएको हो।

एक वर्षको लागि भएको उक्त सम्झौता पछि मोनालिसा ब्राण्डले राष्ट्रिय क्रिकेट खेलाडीका लागि फर्मल वेयर प्रदान गर्नेछ। यस्तै यू-१९ र यू-१७ का खेलाडीका हरुको लागि फर्मल वेयर उपलब्ध गराउने विषयमा गृहकार्य भइरहेको सिप्यानका महासचिव तथा राष्ट्रिय टिमका कप्तान पारस खड्काले बताए।

मोनालिसा ब्राण्डका प्रतिनिध सुरज बंशलले राष्ट्रिय क्रिकेट टिमसँग जोडिन पाउ खुशी लागेको बताए।

नेपाली क्रिकेट टिम लर्ड्स र नेदरल्याण्ड्समा खेल्न भोली युके प्रस्थान गर्दैछ। नेपालले बगामी अगस्ट १ र ३ मा नेदरल्याण्८ससँग पहिलो ओडिआई सिरिज खेल्दैछ। मोनालिसा ब्राण्डले युरोप टुर जाने खेलाडीलाई बुधवार बिदाई समेत गर्‍यो।



ट्रेन्डिङ पोस्ट

Ncell