
काठमाडौँ : सार्वजनिक स्थान तथा निषेधित क्षेत्रमा हुने प्रर्दशन तथा भिड नियन्त्रण गर्न प्रहरीले विशेष प्रविधिको वाटर क्यानन ल्याउने भएको छ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पहलमा पाँच वटा वाटर क्यानन ल्याउन लागिएको हो। प्रहरी स्रोतले दिएको जानकारी अनुसार दुई महिना भित्र पाँच वटा वाटर क्यानन आउन लागिएको हो।
स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रहरीले भिड तथा प्रर्दशन नियन्त्रण गर्न पहिलो चरणमा पानीको फोहोरा हानेर नियन्त्रण गर्नुपर्ने हान्छ तर अहिले वाटर क्यानन नहुँदा प्रहरीले लाठ्ठी तथा रबरको गोली समेत प्रयोग गर्दै आएको छ। वाटर क्यानन आएको खण्डमा प्रहरीले आन्दोलन तथा प्रर्दशनमा लाठ्ठी तथा गोली प्रयोग गर्योी भन्ने आरोप कम हुने महानगरी प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वाराज पोखरेल बताए।
प्रहरी प्रधान कार्यालयले चीनको बहुराष्ट्रिय कम्पनीबाट एउटाको ४ करोड ८० लाख रुपैयाँमा वाटर क्यानन ल्याउन लागेको हो। प्रहरीले ल्याउने वाटर क्याननमा अश्रु ग्याँस समेत प्रयोग गर्न सकिने छ। करिब १ सय ५० मिटर सम्म चारै तिर पानीको फोहोरा हान्ने क्षमता रहेको क्यानन ल्याउन लागिएको हो।
पाँच वटा वाटर क्यानन आएपछि थप दुई वटा ल्याउने तयारी समेत भइरहेको छ। यसरी आएको वाटर क्यानन प्रत्येक प्रदेशमा एक एक वटा पठाइने छ। हाल काठमाडौँमा मात्र एउटा सामान्य पानीको फोहोरा फाल्ने उपकरण रहेको छ।