
रुकुम: रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ धारापानीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ५ जना घाईते भएका छन्।
सिस्नेको रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप बुधबार दुर्घटना भएको पूर्वी जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।
मृत्यु हुनेमा पूर्वी रुकुमका पुथाउत्तरगंगा गाउँपालिका–२, का २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१, का ३३ वर्षीय बुद्धिराज पुन, ३५ वर्षीय कुमार पुन, पुथाउत्तरगंगा गाउँपालिका–१३ की तिर्सना तुलाचन, पुथाउत्तरगंगा १४ कि सालिनि बर्मा, बाँकेको कोहलपुरकी ललिता परियार रहेका छन्।
घाईतेहरुमा पश्चिम रुकुम मुसीकोट नरपालिकाका जीप चालक ५२ बर्षिय जयबिर कामी, पूर्वी रुकुम पुथाउत्तरगंगा गाउपालिका ११ का २५ बर्षिया प्रमिला बुढामगर, पुथाउत्तरगंगा गाँउपालिका २ का २७ बर्षिय धनिराम पुन र २७ वर्षिया सम्झना पुन र भुमे गाउँपालिका ४ का २८ बर्षिय अर्जुन बि.क. रहेको डिएसपी प्रहरी प्रविणलाल श्रेष्ठले जानकारी दिए।
मृत्यु हुनेहरुमा केहीको सनाखत हुन बाँकी रहेको उनले बताए। जिप सडकबाट झण्डै एक सय मिटर तल खसेको हो। घटनाको थप छानविन र उद्धार कार्य भइरहेको उनको भनाई छ।