PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

मिस टुरिजम २०१८ को आवेदन खुल्ला, भदौ पहिलो साता ग्राण्ड फाइनल हुने



पहिलोपोस्ट

मिस टुरिजम २०१८ को आवेदन खुल्ला, भदौ पहिलो साता ग्राण्ड फाइनल हुने

काठमाडौं :  प्वाईन्ट मिडिया प्रालिले आगामी २०७५ भदौ २ गते आयोजना गर्न गईरहेको 'मिस टुरिजम–२०१८' का लागी बुधवारबाट देशभर आवेदन खुल्ला गरिएको छ।

प्वाईन्ट मिडियाले बुधवार पत्रकार सम्मेलन गरि मिस टुरिजमका लागी आवेदन खुल्ला गरिएको जानकारी दिएको हो। राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले 'मिस टुरिजम–२०१८' को आयोजना गर्न लागेको आयोजकले जनाएको छ।

यो कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन, आन्तरिक पर्यटकहरुको वृद्धि, पर्यटन क्षेत्रमा नयाँ अवसरहरु सिर्जना गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्धन गर्ने प्वाईन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक नविन काफ्लेले बताए।

'मिस टुरिजम' मा १८ देखि २५ वर्ष उमेर समुहका अविवाहित नेपाली महिलाहरुले साउन १२ गतेसम्म आवेदन दिन पाउनेछन्। आवेदनपश्चात अडिसनबाट छानिएका प्रतिस्पर्धीहरु मध्येबाट उत्कृष्ठ २० छनोट गरिनेछ। त्यसपछि उत्कृष्ट १० र ५ हुँदै भदौ २ गते काठमाडौंमा आयोजना हुने फाईनलबाट मिस टुरिजम–२०१८, मिस टुरिजम फस्ट रनर अप–२०१८, मिस टुरिजम सेकेण्ड रनर अप–२०१८ का साथै अन्य उत्कृष्ठ प्रतिस्पर्धीहरुको छनोट गर्नेछ।

मिस टुरिजम–२०१८ लाई नगद ५० हजार, फस्ट रनर अप–२०१८ लाई ३० हजार र सेकेण्ड रनर अप–२०१८ लाई नगद २० हजार प्रदान गरिनेछ। त्यसका साथै विभिन्न संस्था र कम्पनीका ब्राण्ड एम्बासडर नियुक्त गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसरहरु प्रदान गरिने प्वाईन्ट मिडियाका प्रबन्ध निर्देशक काफ्लेले बताए।

कार्यक्रममा टुरिजम क्षेत्रका सम्बन्धित व्यक्तिहरुले मिस टुरिजमले छोटो समयमै चर्चा हासिल गर्न सफल भएको भन्दै नेपाल पर्यटन वोर्डका विदेशमा हुने ट्राभल फेयरहरुमा मिस टुरिजमका विजेताहरुलाई सहभागी गराउन आवश्यक रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell