PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

विराटनगर भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व



पहिलोपोस्ट

विराटनगर भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व

विराटनगरः विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४/७५ मा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरेको छ।

कार्यालयले गत आवमा रु ३१ अर्ब २४ करोड ४८ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरी लक्ष्यभन्दा पाँच दशमलव ०२ प्रतिशत ज्यादा उठाएको छ।

विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार भन्सार महसुलतर्फ रु १३ अर्ब ४४ करोड ९२ लाखको लक्ष्यमा रु १३ अर्ब ८५ करोड २४ लाख राजस्व संकलन गरिएको छ।

यसैगरी, मूल्य अभिवृद्धि करतर्फ रु १३ अर्ब २२ करोड ५७ लाख उठाउने लक्ष्य रहेकोमा रु १७ अर्ब ५३ करोड १३ लाख राजस्व संकलन गरिएको छ।

यस्तै, अन्तःशुल्कको वार्षिक लक्ष्य रु चार अर्ब ५६ करोड ९९ रहेकोमा रु एक अर्ब ४२ करोड ८८ लाख राजश्व संकलन भएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell