PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

अनशनरत डा. केसीलाई काठमाडौँ ल्याउन हेलिकप्टरसहित सरकारी टोली जुम्ला पुग्यो



विधुर ढकाल

अनशनरत डा. केसीलाई काठमाडौँ ल्याउन हेलिकप्टरसहित सरकारी टोली जुम्ला पुग्यो

काठमाडौँः सरकारले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौँ ल्याउन स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा‍ गुणराज लोहनी नेतृत्वको टोली जुम्ला पुगेको छ। स्वास्थ्य अवस्था जटिल बनेपछि जीवन रक्षाका लागि भन्दै सरकारले जुम्ला टोली पठाएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले संसदमा विचाराधीन विधेयक फिर्ता नहुने समेत जानकारी दिए।

प्रधानमन्त्री र केही नेताहरुबीचको बुधबार राति भएको निर्णय अनुसार केसीलाई काठमाडौँ ल्याउन टोली जुम्ला पुगेको हो।

मन्त्री पोखरेलले केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याउन हेलिकप्टर प्रस्थान गरिसकेको बताए। उनले भने ‘जीवन रक्षा गर्न सरकारले टोली पठाएको हो।’

कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग पनि केसीलाई काठमाडौँ पठाउनेबारे कुरा भएको पोखरेलले बताए। 
 

विधेयक फिर्ता हुँदैन

मन्त्री पोखरेलले विचाराधीन विधेयक फिर्ता नहुने बताए। मन्त्रिपपरिषद्को निर्णय अनुसार विधेयक दर्ता भएकाले विधेयकबाटै समाधान खोज्न पनि उनले आग्रह गरे।

यसअघिको अध्यादेशमा आफूहरुको सहमति नरहेको पनि उनले बताए। नयाँ जनादेश अनुसार वर्तमान सरकारले विधेयक ल्याएको उनको भनाई छ।

प्रमुख विपक्षी दल कांग्रेसले विधेयक संसदमा पेस गर्न अवरोध गरिरहेको छ। कांग्रेसको माग अनुसार सरकार अघि बढ्न नसक्ने उनले बताए।

माथेमा कार्यदलको सबैभन्दा महत्वपूर्ण सिफारिस चिकित्सा आयोग रहेको भन्दै मन्त्री पोखरेलले आयोग गठनलाई विधेयकले मुख्य प्राथमिकता दिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell