PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

मिसन फस्ट ओडिआई सिरिज : नेपाली क्रिकेट टोली लण्डन प्रस्थान



पहिलोपोस्ट

मिसन फस्ट ओडिआई सिरिज : नेपाली क्रिकेट टोली लण्डन प्रस्थान

काठमाडौं : पहिलो वान डे इन्टरनेशनल (ओडिआई) सिरिज क्रिकेट खेल्ने मिसनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीवार बिहान लण्डन प्रस्थान गरेको छ।

पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय खेलाडी, म्यानेजर, कोच, फिजियो र ट्रेनरसहित १८ सदस्यी टोली जेट एअरवेज मार्फत लण्डन प्रस्थान गरेको हो। टोलीका एक सदस्य शरद भेषावर हाल अमेरिकामा रहेका कारण उतैबाट लण्डन पुग्नेछन्।

यही जुलाई २९ मा लर्ड्समा हुने टी-२० ट्राई सिरिज र अगष्ट पहिलो साता हुने ऐतिहासिक ओडिआई सिरिज खेल्न नेपाल युरोप टुरमा निस्केको हो।

नेपालले ओडिबाई सिरिज खेल्नुअघि लर्ड्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी-२० सिरिज खेल्नेछ। उक्त एक दिने सिरिजमा नेपालर नेदरल्याण्ड्सबीच हुने खेलले अन्तर्राष्ट्रिय टी-२० मान्यता पाउनेछ।

त्यसपछि नेपाल नेदरल्याण्ड्स प्रस्थान गर्नेछ। नेदरल्याण्ड्समा नेपालले अगस्ट १ र ३ मा नेदरल्याण्डसँग दुई वान डे इन्टरनेशनल म्याच खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell